Friday 27th March 2026

विवाहअगाडि नै गर्भपतन, असुरक्षित गर्भपतनको दर बढ्दो

8 years अगाडी

काठमाडाैं, ११ असोज ।  नेपालमा गर्भपतनले कानूनी मान्यता पाएको १८ वर्ष बितिसकेको छ । तर असुरक्षित गर्भपतनको दर घट्न सकेको छैन । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रतिवर्ष १ लाख ८६ हजार १ सय ४४ जनाले असुरक्षित गर्भपतन गराउने गरेका छन् । त्यसमा किशोरीहरु सबैभन्दा धेरै छन् । स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. स्वस्ति शर्माका अनुसार अस्पतालमा गर्भपतन गराउन आउने गर्भवति मध्ये ४५ प्रतिशत २० वर्ष मुनिका हुने गर्छन् । तर, यो सङ्ख्याको तुलनामा बाहिर असुरक्षित तरिकाले गर्भपतन गराउनेको सङ्ख्या झन्डै दोब्बर भएको उनको भनाई छ ।

एउटा तथ्याङ्क अनुसार विश्वभर औसत महिलाको विवाह साढे १७ वर्षमा हुने गरेको छ । ७१ प्रतिशत महिलाको विवाह किशोरावस्थामा अर्थात् १९ वर्ष नपुग्दै हुने गरेको देखिन्छ । असुरक्षित गर्भपतन गराउने दरमा सुधारका लागि सरकारले निशुल्क गर्भपतन सेवाको व्यवस्था गरेको परिवार कल्याण महाशाखाका निर्देशक डा.आर पी बिच्छाले बताए । नेपालमा हुने असुरक्षित गर्भपतनमा ४४ प्रतिशत शल्यक्रिया र ५६ प्रतिशत औषधि सेवनका कारणले हुने गरेको छ । पटक पटकको असुरक्षित गर्भपतनले महिलाको पाठेघरमा समस्या हुने, शरीर कमजोर हुुने, दिर्घकालिन रोग लाग्न सक्ने खतरा बढेर जाने चिकित्सकहरू बताउँछन् ।

          September 27, 2018 12:27 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...