टयाक्टरले चाँप्दा एक युबकको मृत्यु
माधव खनाल, असौज ११ अर्घाखाँची जिल्लाको साबिक धारापानी ५ हाल भुमिकास्थान नगरपालिका ४ खर्क निवासि हुमा भुसाल आफ्नै टयाक्टरले चाँप्दा आज निधन भएको छ। माझापोखरा देखि आफ्नै घरमा टयाक्टरमा तेल राख्न जाँदा घुम्तिमोडमा एक्कासि टयाक्टर पल्टिदा टयाक्टरले चाँप्दा निजको मृत्यु भएको स्थानिय बासिले बताएका छन।

चालकले टयाक्टर चलाएको र साइडमा बसेका टयाक्टर साहु २१ बर्शिय भुसाल एक्कासि टयाक्टर मुनि परेका र चालकले हार गुहार गरेपछी निजलाई चाँपेको अबस्थामा टयाक्टर बाट निकाली जिल्ला अस्पताल तर्फ ल्याइएकोमा निजको बाटोमै निधन भै सकेको अस्पतालले जनाएको छ। बिष्णु प्रसाद भुसाल रुपा भुसाल का कान्छा छोरा निज हुमा भुसाल टयाक्टरमा सहचालकको रुपमा हिडने गर्दथे । मृतकको लासको पोस्टमार्टमको लागि जिल्ला अस्पताल राखिएको छ भने घटनाको थप अनुसन्धान बारे चालकलाई प्रहरी नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय