सुनसरीमा छोराछोरीको हत्यापछि परिवारै नै विस्थापित
सुनसरी, १२ असोज । अघिल्ला वर्ष त्यहाँ कुनै न कुनै बाली लहलहाउँथ्यो । तर अहिले पूरै बाँझो छ । भोजपुरको अरुण गाउँपालिका ३ प्याउलीको ६ रोपनी जग्गामा एक वर्षयता दूबोसिवाय केही देखिन्न । घर छ, त्यो पनि सुनसान ।अघिल्लो वर्ष असारसम्म ५ जनाको परिवार हाँसीखुसी बस्थ्यो यहाँ । घरमूली खेतीपाती भ्याएर गाउँकै प्याउली बजारमा पसल गर्थे । तयारी पोसाक, शृंगारका सामान बेच्थे ।परिवार रामै्रसँग धानेका थिए ३८ वर्षीय चेतनाथ फुयाँलले । पत्नी ३६ वर्षीया निर्मलाको भरथेग छँदै थियो ।
तीन सन्तानको भविष्य चम्काउने ध्याउन्नमा उनीहरूले आफ्नो खुसीलाई कहिल्यै महत्त्व दिएनन् । एकाएक उनीहरूको हाँसीखुसी जीवनलाई अन्धकारले छोप्यो ।असार १० गते शनिबार । बिहान सधैंजसो चेतनाथ पसल जान तयार भए । छोराछोरीलाई पढ्न र गृहकार्य गर्न अह्राउँदै उनी घरबाट निस्किए ।साढे ९ बजेतिर १४ वर्षीया छोरी सुुष्मा खाना लिएर पुगिन् । खाना खाएपछि छोरीलाई सम्झाए, ‘आफू पनि नुहाउनू, भाइलाई पनि नुहाइदिनू अनि पढेर बस्नू ।’ छोरीले चटपटे खान मन लागेको बताएपछि उनले गल्लाबाट झिकेर २० रुपैयाँ दिए
घटनापछि उनीहरूका छोराछोरीका सहपाठी पनि विस्थापित बनेका छन् । सँगै पढ्ने तथा माथिल्लो, तल्लो कक्षाका गरी ६ जना विद्यार्थी अन्यत्रै बसेर पढिरहेका छन् । सरु सापकोटा, युसन फुयाँल, निशा फुयाँललगायत विराटनगर र इटहरीस्थित आफन्तकहाँ बसेर पढ्छन् । गाउँमा बस्न नमानेपछि उनीहरूलाई अभिभावकले आफन्तको घरमा पठाएको चेतनाथका भाइ तेजप्रसाद फुयाँलले बताए । तिनका अभिभावक भने गाउँमै छन् ।
आफ्ना छोराछोरीको रहस्यमय मृत्युबारे सत्यतथ्य पत्ता लगाउन चेतनाथ राज्यको उपल्लो तहसम्म पुगे । भोजपुरै माइती भएकी राष्ट्रपति विद्यादेवी भण्डारीदेखि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन गृहमन्त्री जनार्दन शर्मालगायतलाई भेटे । ‘सबैले घटनाको गम्भीर अनुसन्धान गरी दोषी पत्ता लगाउने आश्वासन दिए,’ चेतनाथले भने, ‘क्षतिपूर्ति र राहत पनि दिने भने तर अहिलेसम्म केही भएको छैन ।’ यस्तो प्रवृत्तिले आफूहरूलाई झन् दु:खी बनाएको उनले बताए ।
September 28, 2018 10:43 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय