Friday 27th March 2026

बेपत्ता भएको १५ दिनपछि १० वर्षीय बालकको शव आधा पुरिएको र दुर्गन्ध आएको अवस्थामा फेला

8 years अगाडी

दोलखा – दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर –८, भैसेको जंगलमा मृत अवस्थामा एक बालक फेला परेका छन् । उक्त मृत अवस्थामा फेला परेका बालकको हत्याको आरोपमा प्रहरीले मृतक बालककै काकालाई पक्राउ गरेको छ।काकाले आफ्नै भतिजोलाई निर्मम तरिकाले हत्या गरेका हुन् ।

गत भदौ २७ गतेबाट भैसे बजार जान हिँडेका १० वर्षीय बालक कुशल विक हराएको १५ दिन पछि हिजो दिउँसो स्थानीयले आधा पुरिएको र दुर्गन्ध आएको अवस्थामा शव फेला पारेका थिए। मृतकका काका पर्ने २५ वर्षीय उमेश विकलाई दोलखा प्रहरीले २४ घण्टा नबित्दै पक्राउ गरेको छ ।

          September 28, 2018 11:15 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...