Friday 27th March 2026

नेपाल र चीनका अधिकारीको संयुक्त बैठक काठमाडौंमा बस्दै

7 years अगाडी

काठमाडाैं,  १२ असोज । नेपाल र चीनका जलस्रोत अधिकारीहरुको संयुक्त बैठक आज काठमाडौंमा बस्दैछ । चिनियाँ लगानी आकर्षित गर्ने लक्ष्यका साथ बैठक बस्न लागेको हो । आगामी दिनमा हुन सक्ने लगानीका विषयमा बैठकमा छलफल हुनेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दिनेशकुमार घिमिरेका अनुसार दुई देशबीच बनेको संयन्त्रको यो पहिलो बैठक हो । एकदिने बैठकमा चीनले नेपालका जलविद्युत् आयोजनामा गरेको लगानी, चिनियाँ ठेकेदार कम्पनीले भोगिरहेका समस्या र आगामी दिनमा ऊर्जा क्षेत्रमा चीनले गर्ने लगानीलगायतका विषयमा छलफल हुनेछ ।

बैठकका लागि नौ सदस्यीय चिनियाँ टोली बिहिबार नेपाल आइपुगेको छ । बैठकमा नेपाली टोलीको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव अनुप कुमार उपाध्यायले गर्नैछन् । चिनियाँ टोलीको नेतृत्व नेशनल इनर्जी एडमिनिस्ट्रेसन, इन्टरनेशनल कर्पोरेसन डिपार्टमेन्टका उपमहानिर्देशक हे याङले गर्नैछन् ।

          September 28, 2018 12:00 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...