दूध लिएर घर फर्कने क्रममा हराएका १४ वर्षीय शैलेन्द्रको तीन महिनापछी कङ्काल भेटियो !
तीन महीनादेखि हराइरहेका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ ।गएको साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट उनी हराएका बालकका आफन्त तीलक शाहीले जानकारी दिनुभयो साउने सङ्क्रान्तिका दिन घर खर्कदेखि गाउँसम्मका सबै बाटो र बस्तीमा उनकोे खोजीमा परिवार र स्थानीय प्रशासनले लामो समय खर्चेको जानकारी दिँदै उनका बुबा जनक शाहीले रासससँगको कुराकानीमा भावुक हुँदै भन्नुभयो, “तीन महिनापछि छोराको कङ्काल पो देख्नुपर्यो ।”
घटनाबारे आफूलाई कुनै जानकारी नआएको बताउनुभएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख ज्ञहेन्द्र बोगटीले घटनाको अनुसन्धानका लागि तत्काल पिप्लाङ र दार्मा प्रहरी चौकीलाई खबर गरिने बताउनुभयो । मृतक शाही स्थानीय बालज्योति आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत रहेको विद्यालय स्रोतले जनाएको छ ।
September 28, 2018 12:08 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय