बलात्कारीलाई पक्राउ गर्न नसकिने प्रहरी महानिरीक्षक सर्वेन्द्रको भनाई
एक युवतीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न नसकिने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् । बम्जनले बलात्कार गरे पनि पीडित युवतीले बलात्कृत भएको २ वर्षपछि मात्रै मुख खोलेका हुनाले बम्जनलाई पक्राउ गर्न नसक्ने उनले बताए । उनले भने ‘तत्कालीन कानुन अनुसार बलात्कार भएको ६ महिनाभित्रै उजुरी गर्नुपर्ने थियो ।
भदौ १ गतेदेखि लागु भएको फौजदारी संहिताले समेत बलात्कारका घटना विरुद्ध उजुरी दिनुपर्ने हदम्याद १ वर्ष मात्रै तोकेको छ ।’ उनले घटना २ वर्ष अघि भएका कारण कानुनी रूपमा उनलाई पक्राउ गर्न मिल्दैन् । रौतहटकी एक १८ वर्षीया किशोरीले आफू आनी बन्न गुम्बा जाँदा धर्मगुरु बम्जनले बलात्कार गरेको आरोप लगाएकी छन् ।
२०७१ साल साउन २८ गते सर्लाहीको पत्तथरकोट स्याङकोडाँडामा अवस्थित धर्मगुरु रामबहादुर बम्जनको आश्रममा थिइन् । कलिलै उमेरमा मातृवियोगको सामना गरेकी उनी सांसारिक मायामोहबाट मुक्ति पाउन भन्दै बम्जनको आश्रम पुगेकी थिइन् ।बम्जनबाट आफू बलात्कृत भएपछि उनले आश्रम छाड्ने र प्रहरीमा उजुरी गर्ने योजना बनाए पनि बम्जनकी श्रीमती र बम्बजनले धम्काएपछि उजुरी गर्न नसकेको उनको उनको भनाई छ ।
September 28, 2018 12:13 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय