अनिश्चितकालीन धनगढी बन्द आह्वान
धनगढी, १३ असोज । प्रदेश ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरीमा राख्ने निर्णयविरुद्ध धनगढी आन्दोलित भएको छ । शनिबारबाट धनगढी अनिश्चितकालका लागि बन्द आह्वान गरिएको हो । अनिश्चितकालीन बन्दको पहिलो दिन आंशिक प्रभाव परेको छ ।
बन्दकर्ताले बिहानैदेखि माइकिङ गरेर बन्द सफल पार्न आह्वान गरिरहेका छन् । बन्दकर्ताहरुले साँझ पाँच बजेपछि मात्र लामो दूरीका गाडीहरु चल्न दिइने बन्दकर्ताले जनाएका छन् । रात्रि बसहरुलाई जिल्ला भित्रन दिइए पनि लामो दुरीका बसहरु चलेका छैनन् । मोटरसाइकल चलाउन दिइएको बन्दमा रिक्सा र अटोहरु भने चलेका छैनन् ।
पूर्णरुपमा बन्द रहेको धनगढी बजारमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सशस्त्र र नेपाल प्रहरीका टोलीहरु चोकचोकमा परिचालित छन् शुक्रबार दुईतिहाई बहुमतको आधारमा प्रदेश सातको नाम सुदूरपश्चिम प्रदेश र राजधानी गोदावरी नगरपालिकाको वडा नं. २ मा राख्ने निर्णय भएको थियो । उक्त निर्णयको विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गर्दै आएको छ । मतदानमा राजपा र नेपाली कांग्रेस सहभागी थिएनन् ।
September 29, 2018 10:07 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय