Friday 27th March 2026

७० वर्षीय शिक्षक र १९ वर्षीया युवतीको प्रेम अदालतमा

7 years अगाडी

नयाँ दिल्ली, असोज । प्रेमलाई आ–आफ्नै तरिकाले परिभाषित गरिन्छ । ‘प्रेम अन्धो हुन्छ’, ‘प्रेम गर्नलाई उमेरले छेक्दैन,’ यावत भनाईहरु निकै चर्चित छन् प्रेमका सम्बन्धमा । यसकै उदाहरण बनेका छन् भारतको पंजाब राज्यका एक जोडी । जसको उमेर अन्तर ४९ वर्षको छ ।
अबोहर सहरका यो जोडी ७० वर्षीय अवकाशप्राप्त शिक्षक हुन् भने १९ वर्षीया छात्रा । १० दिनदेखि उनीहरु वेपत्ता भएपछि केटी पक्षको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई दक्षिण भारतीय राज्य तमिलनाडुबाट पक्राउ गरी स्थानीय अदालतमा हाजिर गराइएको बताइएको छ

अदालतले आरोपित पूर्व शिक्षक जय किशन गौडलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । साथै ती छात्रालाई सेट प्रहरी हिरासतमा राखिएको बताइएको छ । छात्राका परिवारले छात्रालाई फकाई–फुल्याई भगाएर लगेको भन्दै मुद्दा दायर गरेको हो । बिहीबार केटी र आरोपी शिक्षकलाई अदालत परिसरमा ल्याइरहँदा छात्राका आफन्तहरू समेत त्यहाँ उपस्थित थिए, तर केटीले आफन्तलाई नचिनेझै व्यवहार गरिन् यसअघि बुधबार पनि केटीका परिवारले केटीलाई सम्झाउन खोज्दा उनी कुरै सुन्न नचाहेको केटीका परिवारले बताएको छ ।

एक वर्षअघि पनि जयकिशनलाई केटीका आफन्तले यही निहुँमा कुटीपीट गरेका थिए । तर उनी भने केटी बालिक हुने पर्खाइमा थिए । १२ वर्ष अगाडि सरकारी सेवाबाट निवृत्त भएका जयकिशन विद्यार्थीहरूलाई ट्युसन पढाउने गर्दथे । करिब चार वर्ष अघि उनले ती छात्रालाई घरमै ट्युसन पढाउन थालेको र त्यसै समयदेखि उनलाई आफ्नो प्रेम जालमा फसाएको हुन् सक्ने धेरैको भनाइ रहेको छ । घरकी एक्ली छोरी ती युवती र ७० वर्षीया वृद्धको प्रेम कहानी अहिले स्थानीय चियापसलहरूमा समेत चर्चाको विषय बनेको छ । हजुरबुवा भइसकेका जयकिशनकी पत्नीको भने धेरैपहिले नै मृत्यु भइसकेको छ ।

          September 29, 2018 10:10 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...