आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !
काठमाडौं, १३ असोज । तेह्रथुमका २० बर्षीया पाइलोस कुरुम्वाङ लिम्बु ४ बर्षअघि फोहोर मैला उठाउने रिक्सा चलाउँथे । उनको गुजारा यसै गरी चलेको थियो । धोबीघाटामा ३० बर्षीया मन्थली क नाम परिवर्तनले खानानास्ता खुवाउने सामान्य होटल राखेकी थिइन् । लिम्बु त्यही होटलमा बिहान बेलुका खाना खाना खान्थे । श्रीमान सँग छुटिएर होटल चलाउँदै आएकी मन्थलीको मन पनि कमलो ।त्यसरी खान थालेको महिना दिन नबित्दै उनी र होटल साउनीबीच हिमचिम बढ्यो । यो हिमचिम लिभिङ टुगेदरसम्म पुग्यो । उनको साथमा छोरीसमेत थिइन् ।
सामान्य होटल राम्रोसँग नचल्दा छोरी पढाउन, पसलको सामान जोर्न र दैनिक गुजारा चलाउन मुस्किलै थियो मन्थलीलाई त्यसैले उनीहरु खुसीराजीले लिभिङ टुगेरमा बस्न पुगे । मन्थलीले खुसीको दिन आएजस्तो महसष गर्न थालिन् । झड्केलो छोरीलाई भए पनि लिम्बुले उनलार्य नजिकैको बोर्डिङ स्कुलमा पढाए । ११ बर्षीया जावलाखेलकी (नाम परिवर्तन) लिम्बुलाई बुबा भनी सम्बोधन गर्थिन् ।
समय वितेर तीन बर्ष पुग्नै लागेको थियो लिम्बुको मनमा पाप पलाउन थाल्यो ।
एक दिन बिहान स्कुल गएकी छोरी साँझ फर्किनन् । त्यो दिन थियो, जेठ २० गतेको । रातिसम्म छोरी नफर्केपछि मन्थली चिन्तित् भइन् ।भोली पल्ट छोरी प्रहरीको सम्पर्कमा आउँदा मन्थलीको खुसीको सीमा रहेन । परिसरमै छोरीलाई काखमा राखेर माया साटिन् । तर उनको खुसीको क्षण केहि बेर पनि टिक्न पाएन । छोरीले सौताने बाबुको दुर्व्यवहार र मार्ने धम्कीले गर्दा घर छोड्नु परेको बताईन् ।
होमवर्क गरिरहेकै बेला कथित बाबुले गरेका सबै कर्तुत र पीडा जस्ताको तस्तै सुनाईन् । उनले त्यो भन्दा पहिले पनि लिम्बुले मनपर्ने चिजहरु किनिदिने र हल्ला गरे मारिदिने धम्की दिँदै कुकार्य गर्ने गरेको नालीबेली सुनाईन् । कक्षा पाँचमा अध्ययनरत उनी कक्षा ३ मा पढ्दाका पनि लिम्बुबटै बलात्कृत भएकी रहिछन् ।
September 29, 2018 10:19 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय