Friday 27th March 2026

मेरो अनुपस्थितिमा सार्वजनिक यातायातमा भाडावृद्धि भयो, पुनर्विचार हुन्छः मन्त्री महासेठ

7 years अगाडी

काठमाडौं, १३ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले सार्वजनिक यातायातमा भएको भाडा वृद्धिबारे प्रतिक्रिया दिएका छन् । उनले १० प्रतिशत भाडा वृद्धिको निर्णय पुनर्विचार हुने बताएका हुन् ।

नेकपा भातृ संगठन अनेरास्ववियू पशुपति क्याम्पस कमिटीको ज्ञापनपत्र बुझ्ने क्रममा उनले आफू नभएको बेला भाडा बढाइएको खुलासा गरे । विद्यार्थीसँग कुराकानीमा उनले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत सहुलियत दिने सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

          September 29, 2018 11:29 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...