पीपीएल अक्सनः अनिल र रोहितमाथि लाग्यो साढे २ लाखको बोली
7 years अगाडी
Susma Dhakal
१४ असोज, काठमाडौं । पोखरा प्रिमियर लिग क्रिकेटका लगि खेलाडीको अक्सन भइरहेको छ । अक्सनका लागि १७९ खेलाडीले नाम दर्ता गराएका छन्, त्यसबाट आइतबार ६० जना खेलाडीको किनबेच हुनेछ । जारी अक्सनमा यू–१९ का दुई क्रिकेटरमाथि २ लाख ५० हजारको बोली लागेको छ ।
अनिलकुमार साहलाई चितवन राइनोज र रोहितकुमार पौडेललाई पोखरा पल्टनले २ लाख ५० मा किनेको छ । एक भन्दा बढी टिमले अधिकतम मूल्यमा दाबी गरेपछि लक्की ड्र गरिएको थियो ।
पीपीएलका आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले अक्सनमा राष्ट्रिय टिमबाट खेलेका खेलाडीहरुको प्रारम्भीक मूल्य ५० हजार रुपैयाँदेखि अधिकतम २ लाख ५० हजार रुपैयाँ राखेको छ । उमेर समूूहबाट खेलेकालाई ५० हजार देखि १ लाख ५० हजारमा खरिद गर्न सकिनेछ । अनक्याप्डमा खेलाडीको न्यूनतम मूल्य ३० हजारदेखि अधिकतम एक लाख रुपैयाँ तोकिएको छ ।
September 30, 2018 11:49 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
Loading...