मालिकले बलात्कार गरे, बच्चा जन्मिएपछि अस्वीकार गरे
सप्तरी, असोज । सप्तरीको सुरुङ नगरपालिकाकी एक महिलाले आफूलाई स्थानीय जमिन्दारले बलात्कार गरेको खुलासा गरेकी छिन् । घटनाबारे यसअघि नै बताउँदा उनले आफूलाई केही भए श्रीमती बनाई स्वीकार्ने वाचा गरेका थिए । तर जब उनले यही भदौ ६ गते जमिन्दारको बच्चा जन्माइन् तव उनी पछि हटे । यतिसम्मकी घटनाबारे प्रहरीले उजुरी समेत लिन नमानेको पीडित युवतीको गुनासो छ ।
सुनसरीको इकराहाका एक युवकसँग विवाह गरेकी ती युवती चार सन्तानकी आमा हुन् । दलित समुदायकी उनी श्रीमान्ले केही वर्षपहिले मात्रै आत्महत्या गरेपछि उनी झन् संकटमा परेकी थिइन् । तीन छोरी र एक छोरासहित माइतीको शरणमा आएकी उनले दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन आएकी थिइ । घरखेल गर्ने क्रममा उनलाई साहुले पटकपटक बलात्कार गरेको बताइन् । हालै मात्र त्यहीं उनले छोरालाई जन्म दिएपछि झन् समस्यामा परेकी छन् ।
न्याय खोज्न भौतारिइरहेकी उनी ‘दलित जनचेतना संगम’को सम्पर्कमा पुगिन् । उक्त समितिले शनिबार पत्रकारहरुलाई बोलाएर घट्नाबारे जानकारी गराएको थियो । गाउँकै जमिन्दार ओमप्रकाश यादवले बलात्कार गरी उनलाई गर्भवती बनाए । पहिले आफूलाई गाउँलेका माझ नै स्वीकार्छु भन्नेले प्रसुती हुँदा वेवास्ता गरेको पीडित युवतीको आरोप छ । ‘अहिले पाँच वटा सन्तानलाई खुवाउन, बाँच्न नै धौ–धौ छ’ उनले भनिन् ।
पीडित महिलाले नगरपालिकाको न्यायिक समितिदेखि प्रहरीसम्म धाएकी छन् । न्यायीक समितिका संयोजक तथा नगरपालिकाका उपप्रमुख बिन्दा देवी पासवानले ओमप्रकाशलाई भेटेकी पनि हुन् । तर, आरोपितले उल्टै धम्क्याएर पठाएको पीडित उर्मिलाको साथ दिइरहेका संस्थाका निर्देशक गणेश रामले बताए । इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले म्याद नाघेर उजुरी दिन आएका कारण आफूले केहि गर्न नसकेको बताए । उनले डीएनए परिक्षण गरी प्रमाणित भए कारवाही अघि बढाउन सकिने बताए ।
September 30, 2018 11:59 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय