जनार्दन शर्माको चेतावनी- भ्रष्टहरुलाई पदमा बस्ने अधिकार छैन
रुकुम, १४ असोज । नेकपाका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरले भ्रष्टहरुलाई पदमा बस्ने अधिकार नभएको बताएका छन् ।रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले सञ्चालनमा ल्याएको आधुनिक ल्याब तथा एक्स–रे सेवाको शनिबार उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । रुकुमबाट निर्वाचित सांसद समेत रहेका उनले भ्रष्टाचार गर्ने कसैलाई पनि एक छिन पनि पदमा बस्ने अधिकार नभएको बताएका हुन् ।
उनले रुकुम पश्चिमका जनप्रतिनिधि र कर्मचारीहरुसँगको भेटमा उनले जनताका आकाङ्क्षाअनुसार काम गर्न निर्देशन दिए । उनले जनपक्षीय काम नगरेर कुनै किसिमको अड्को थाप्ने काम जनप्रतिनिधि र कर्मचारी जसले गरे पनि त्यो सह्य बताए । पश्चिमबाट समाजवादको अभ्यास गर्न आफूहरु लागिपरेको उनको जिकिर थियो । उनले जनताको हरेक मागअनुसार कुशलतापूर्वक काम गर्न स्थानीय सरकार तदारुकताका साथ लागि पर्न निर्देशन दिए ।
September 30, 2018 1:29 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय