Wednesday 27th August 2025

गरिबीबाट मुक्ति चाहानुहुन्छ ? आजैबाट सुधार्नुहोस् आफ्नो यी ५ बानी

7 years अगाडी

यहाँ हिन्दू धर्मपरम्पराका अनुसार यस्ता पाँच खराब बानीको बारेमा छलफल गरिँदैछ जसलाई त्याग्न सक्दा गरिबीले तपाईंलाई त्याग्नेछ र तपाईंले पसिनाको सही फल पाउन सक्नुहुन्छ ।

१. सूर्य उदाएपछि उठ्ने र सूर्य अस्ताउने बेला सुत्ने यी दुवै काम धनकी देवी लक्ष्मीको लागि अप्रिय हुन्छ । यस्तो बानी भएका मानिसप्रति देवी देवताको क्रिया हुँदैन ।

२. कयौंपटक हाम्रो कपडा फाट्छ र मैलो भए पनि हामी त्यसलाई लगाइरहन्छौं । जसले मैलो र फोहोर अनि फाटेको कपडा लगाउँछ र घरमा फोहोर राख्छ, यस्तो व्यक्तिलाई धनको देवी लक्ष्मीले कृपा गर्दिनन् ।

३. बिहान र बेलुकाको समय दैवी शक्तिको लागि खास महत्वपूर्ण मानिन्छ । उक्त समयमा घर, पसल वा अफिसको मन्दिर र भान्छामा अँधेरो राख्नु अशुभ मानिन्छ । यसर्थ, हरेक दिन बिहान र साँझ कम्तिमा पनि एउटा बत्ती बाल्नुपर्छ ।

४. जो व्यक्ति साधु-सन्त वा घरको ठूलो मानिसको अपमान गर्दछ, उनीमाथि देवी लक्ष्मी रिसाउँछिन् । यस्ता मानिसहरुले लाख कोसिस गर्दा पनि धन लाभ गर्न सक्दैनन् र चाहेको सफलता हासिल गर्न सक्दैनन् ।

५. शास्त्रका अनुसार बिनाकारण वा ज्यादा रिसाउने बानी पनि देवी लक्ष्मीलाई क्रोधित बनाउने तरिका हो । जुन घरमा झगडाको माहौल बनिराख्छ, त्यहाँ लक्ष्मीले बास गर्दिनन् । यसकारण बिनाकारण रिसाउने बानी हटाउनु पर्दछ ।

          October 2, 2018 11:11 am | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...