Friday 27th March 2026

बालिका बलात्कारको प्रयास गर्ने युवा कारागार चलान

7 years अगाडी

खोटाङ, १६ असोज । ११ वर्षिया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका एक युवा कारागार चलान भएका छन् । खोटेहाङ गाउँपालिका–४ वडकादियाले घर भएका ३५ वर्षिय रामकुमार भुजेल पूर्पक्षका लागि कारागार चलान भएका हुन् ।

गत भदौ २२ गते छिमेकी बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका भुजेललाई जिल्ला अदालतका न्यायाधिस किशोर घिमिरेको एकल इजालासले पूर्पक्षका लागि सोमबार कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्दा शाखाका रोशन झाले जानकारी दिए ।

भुजेललाई भदौ २३ गते ईलाका प्रहरी कार्यालय खोटाङ बजारले नियन्त्रणमा लिएको थियो । बलात्कारको प्रयासमा परेकी बालिका र आफन्तले भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको प्रहरीले जनाएको छ ।

          October 2, 2018 11:41 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...