पोखरामा फेरी अर्का व्यत्तिको हत्या मध्य रातमा हत्या भयो,किन हुदै छ यस्तो ?
7 years अगाडी
Susma Dhakal
पोखराको पालिखेचोकमा गएराति एक युवाको हत्या भएको छ ।पोखरा महानगरपालिका– ३ को पालिखेचोकभन्दा करीब सय मिटर माथि प्रतीभा मावि अगाडि राजकुमार नाम गरेका युवाको हत्या भएको हो । उनको थर र ठेगाना भने खुलेको छैन ।युवाको टाउको र खुट्टामा हतियारको गम्भीर चोट रहेकाले उनको हत्या भएको बताएको छ ।प्रहरीका अनुसार, उनी प्रयोगविहीन सामानहरु संकलनको काम गर्दै आइरहेका थिए ।
स्थानीयले युवालाई मृत अवस्थामा भेटेपछि बिहान प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले मुचुल्का तयार पारेर अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीले मृतकसँगै काम गर्ने युवाहरुले हत्या गरेको हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले बताएको छ
October 3, 2018 10:42 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
Loading...