Friday 27th March 2026

ग्रेटर रशमूर नेपाली कम्युनिटीको १० किलोमिटर र फन रनको पूर्व तयारी पूरा

7 years अगाडी

अल्डरशट । ग्रेटर रशमूर नेपाली कम्युनिटीले बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि १० किलोमिटर र ०२ किलोमिटरको फन रनको आयोजना गर्न लागेको छ।  रशमूर ब्रो काउन्सिल र बेल्याक वाटर भ्याली रनर्ससंगको साझेदारीमा १४ अक्टुवर २०१८ बिहान ठिक १० बजेबाट सुरु हुने फन रनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ। यस वर्ष १०के तर्फ ११०० जना र फन रनतर्फ ३०० देखि ५०० जनाको सहभागिता गराउने लक्ष्य रहेकोमा १० के तर्फ हालसम्म ९६८ जनाले बुक गरिसकेको रेस डाइरेक्टर देव पोर्टरले जानकारी गराए।

नेपाली र स्थानिय समूदाय एक साथ रही आयोजना गरिने उक्त रन पहिला १० के मात्र गर्ने गरिएकोमा गत बर्षदेखि बच्चा, बृद्ध र महिलाहरुलाई मध्यनजर राखी फन रनको समेत आयोजना गर्ने गरिन्छ भने फन रनको सम्पूर्ण जिम्मेवारी ग्रेटर रशमूर नेपाली कम्युनिटीले बहन गरेको गरेको छ।

दुवै सुमूदायबीच आपसी हार्दिकता बढाउन उक्त दौड अत्यन्तै महत्वपूर्ण साबित भएको कारण हरेक वर्ष अक्टुबरमा निरन्तर रुपमा आयोजना गर्ने गरिएको छ। सल्लाहाकार मेजर रिटायर्ड खिम गौचन संयोजक र उनको सहयोगार्थ बरिष्ठ उपाध्यक्ष राम धन राइ, उपाध्यक्ष नेम थापा, उपाध्यक्ष रन्जिता मल्ल, महासचिव मान गुरुङ र बिर बलाल रहने गरि दौडको सम्पूर्ण जिम्मेवारी दिइएको छ भने सल्लाहाकार क्याप्टेन बिर थापा र उनको टिमले सम्पूर्ण मार्शल र साँस्कृतिक क्रियाकिलापको जिम्मेवारी निर्वाह गर्ने छ।

त्यसै गरि मिमोसा अल्डारशटका मेनेजर एवं जी आर एन सी सदस्य दिल नेपालीले हल्का खानाको व्यवस्था गर्ने छन भने रशमोर ब्रो काउन्सिलका मार्टिन स्टेरियो, बेल्याक वाटर भ्याली रनर्सका देव पोर्टर, ग्रेंजरका जेनी अपस्टिलको बिशेस जिम्मेवारी रहेको छ।१० के एवं ०२ के फन रनको लागि आज बसेको अन्तिम बैठकको समिक्षा अनुसार बिगत बर्षहरुमा भन्दा यो बर्ष नेपालीको तर्फबाट दौडमा भाग लिनेको संख्या निकै नै घटेको पाइएकोले पुनः सबै नेपाली समुदायमा https://www.fullonsport.com/event/rushmoor-wellesley-10k-run-2018/profile मा गइ यथासक्य छिटो बुक गर्नु हुन ग्रेटर रशमोर नेपाली कम्युनिटीद्वारा हार्दिक अपिल गरिएको कुरा प्रवक्ता प्रमिला राइले बताइन। दौडमा १० के तर्फ टिशर्ट र मेडल प्रदान गरिने छ भने फन रन तर्फ मेडल प्रदान गरिने छ।

          October 3, 2018 11:19 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...