यस्तो छ सलमानको ‘रेस ३’को ओपनिङ अनुमान
मुम्बई, जेठ । बलिउड सुपरस्टार सलमान खान ईदमा हरेक वर्ष उपहारस्वरुप फिल्म लिएर आउँछन् । सलमानले यसवर्ष पनि त्यसको निरन्तरता दिएका छन् । शुक्रबारदेखि उनको फिल्म ‘रेस ३’ पर्दामा आउँदैछ । सलमानले यसलाई चुनौतिको रुपमा समेत हेरेको बलिउड पण्डितहरुले बताएका छन् ।कोरियोग्राफरबाट निर्देशक बनेका रेमो डिसूजाको फिल्म ‘रेस ३’ यस ईदको सबैभन्दा बढी र एकमात्र आकर्षक हुनेछ किनकी बलिउडमा अन्य फिल्म रिलिज हुनेछैन ।
यस फिल्मलाई केही परिवर्तन गरी यू/ए सर्टिफिकेट दिएर पास गरेको हो । करिब १ सय ४० करोडमा बनेको फिल्म भारतभर चार हजार स्क्रीनमा रिलिज हुँदैछ । फिल्म भारत बाहेक अन्य देशहरुमा पनि लाग्दैछ ।फिल्म पण्डितका अनुसार ‘रेस ३’ले पहिलो दिन ३२ देखि ३५ करोडसम्म कमाउनेछ । यद्यपी फिल्मको गीत अहिलेसम्म पनि जान्न पाइएको छैन । यस फिल्मलाई सलमान खान र रमेश तौरानीले प्रोड्युस गरिरहेका छन् । जानकारीका अनुसार फिल्मलाई १ सय ३० करोड भारुमा स्याटलाइट राइट्स सम्झौता भइसकेको छ ।
ईदमा रिलिज भएका सलमानको फिल्मले पहिलो दिनको व्यापार :
एक था टाइगर – ३२ करोड ९३ लाख
किक – २६ करोड ४० लाख
बजरंगी भाईजान – २७ करोड २५ लाख
सुल्तान – ३६ करोड ५४ लाख
ट्यूबलाईट – २१ करोड १५ लाख
यसपटकको ईदमा सलमानको फिल्मले कतिको ओपनिङ गर्छ त्यो शुक्रबार नै थाहा हुनेछ ।
June 15, 2018 10:49 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :