Friday 27th March 2026

घरको ढोका फोडेर चोरी गर्ने व्यक्ति चोरीको सामानसहित पक्राउ

7 years अगाडी

भक्तपुर । चाँगुनारायण नपा–९ ताथली बस्ने हीरा राउतको घरमा ढोका फोडेर चोरी गर्नेलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

सो अभियोगमा चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने ३७ वर्षीय कपिलदेव सुकमनीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

पक्राउ परेका सुकमनीको साथबाट प्रहरीले रु ६५ हजार ४००, करीब रु एक लाख मूल्य बराबरको सुनका सात तोला गहना, आइप्याड र मोबाइल बरामद भएको र यसबारे थप अनुसन्धान गरी आज मुद्दा चलाइने उनले बताए।

          October 4, 2018 10:25 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...