‘प्रेमलिला’मा दीपशिखाको यस्तो रुप, भन्छिन्-‘अगाडिको चलेन, यो डेब्यू नै हो’
केही चलचित्रमा अभिनय गरेपनि सफल हुन नसकेकी कलाकार दीपशिखा खड्का फरक गेटअपका साथ नयाँ चलचित्र ‘प्रेमलिला’मा देखिने भएकी छिन् । उनले यसअगाडिका आफ्ना चलचित्रले आफूलाई नचिनाएको भन्दै यो डेब्यू भएको बताइन् । यो चलचित्रको आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै फस्टलुक सार्वजनिक गरिएको छ ।
जनक पाण्डेको निर्देशनमा तयार भएको यो चलचित्रमा दीपशिखाले कपाल मुन्डन गरेकी छिन् । उनले भनिन्-‘मेरो यो गेटअपका कारणले पनि चलचित्र भित्र केही छ भन्ने थाहा हुन्छ । कपाल मुण्डन गर्दा साह्रै दुःख लाग्यो । तर, कथाले मागेपछि गर्नैपर्यो ।’ उनले चलचित्रको छायांकन सकिएपछि निर्देशकले वास्ता गर्न छाडेको गुनासो समेत गरिन् ।
चलचित्रमा उनको साथमा दुबइमा रहेर मोडलिङ गर्दै आएका भारतीय मोडल अली खान र नव-कलाकार मौसम खड्काको मुख्य भूमिका छ ।भारतबाट नेपाल आएको यूवा र नेपालमा रहँदै आएकी यूवतीविचको प्रेमकथालाई यो चलचित्रले उठान गरेको दीपशिखाले जानकारी दिइन् ।
यस्तै, कलाकार अली खानले दीपशिखासँग दुबइमा भेट भएपछि आफू नेपाल आएको र कथावस्तु सुनेपछि काम गर्न उत्साहित भएको सुनाए यो चलचित्र माघको २५ गतेबाट नेपालभर रिलिज हुने वितरक सुनिल मानन्धरले जानकारी दिए ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग