‘प्रेमलिला’मा दीपशिखाको यस्तो रुप, भन्छिन्-‘अगाडिको चलेन, यो डेब्यू नै हो’
केही चलचित्रमा अभिनय गरेपनि सफल हुन नसकेकी कलाकार दीपशिखा खड्का फरक गेटअपका साथ नयाँ चलचित्र ‘प्रेमलिला’मा देखिने भएकी छिन् । उनले यसअगाडिका आफ्ना चलचित्रले आफूलाई नचिनाएको भन्दै यो डेब्यू भएको बताइन् । यो चलचित्रको आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै फस्टलुक सार्वजनिक गरिएको छ ।
जनक पाण्डेको निर्देशनमा तयार भएको यो चलचित्रमा दीपशिखाले कपाल मुन्डन गरेकी छिन् । उनले भनिन्-‘मेरो यो गेटअपका कारणले पनि चलचित्र भित्र केही छ भन्ने थाहा हुन्छ । कपाल मुण्डन गर्दा साह्रै दुःख लाग्यो । तर, कथाले मागेपछि गर्नैपर्यो ।’ उनले चलचित्रको छायांकन सकिएपछि निर्देशकले वास्ता गर्न छाडेको गुनासो समेत गरिन् ।
चलचित्रमा उनको साथमा दुबइमा रहेर मोडलिङ गर्दै आएका भारतीय मोडल अली खान र नव-कलाकार मौसम खड्काको मुख्य भूमिका छ ।भारतबाट नेपाल आएको यूवा र नेपालमा रहँदै आएकी यूवतीविचको प्रेमकथालाई यो चलचित्रले उठान गरेको दीपशिखाले जानकारी दिइन् ।
यस्तै, कलाकार अली खानले दीपशिखासँग दुबइमा भेट भएपछि आफू नेपाल आएको र कथावस्तु सुनेपछि काम गर्न उत्साहित भएको सुनाए यो चलचित्र माघको २५ गतेबाट नेपालभर रिलिज हुने वितरक सुनिल मानन्धरले जानकारी दिए ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :