प्रकाशमानको शुभेच्छा- जनताको निराशाबाट सरकारको चेत खुलोस्
काठमाडौं, २० असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारप्रतिको जनताको चरम निराशाबाट सरकारको चेत खुलोस् भन्दै शुभेच्छा प्रकट गरेका छन् । काठमाडौंको भोटेबहालमा शनिबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले भने, ‘जनमानसमा बढिरहेको निराशाबाट सरकारको चेत खुलोस् ।’ उनले सरकार विधिसम्मत अगाडि बढोस् भन्ने चाहना कांग्रेसको रहेको बताए । उनले सरकारले बहुमतको दम्भ देखाइरहेको आरोप लगाए ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंहले भने, ‘बलात्कार, अपहरण, व्यक्ति हत्याका अपराधीलाई कारबाहीको दायरामा ल्याउन नसक्ने सरकारबाट अरु कुराको आशा गर्न सकिँदैन ।’ उनले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णरुपमा असफल भएको आरोप लगाए । सिंहले कांग्रेसले शान्ति सुव्यवस्था कायम गर्न, महंगी नियन्त्रण गर्न र संघीयता कार्यान्वयनमा गम्भीर हुन सुझाव दिँदासमेत प्रधानमन्त्री केपी शर्मा ओलीबाट हल्का टिप्पणी गरेकोमा दुःख व्यक्त गरे । उनले सरकारी पार्टीका मुख्यमन्त्रीले पनि सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुको अर्थ स्पष्ट भएको भन्दै सरकारविरुद्ध चौतर्फी असन्तोष र निराशा रहेको संकेत गरे ।
October 6, 2018 12:00 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय