

जानै पर्ने,भगवान श्रीकृष्णले रोपेको मोतीको बोट: जसमा अहिले पनि पाइन्छ यस्तो मोति

कुरा द्वापरयुगको हो तर आज पनि राधा बिना कृष्णको नाम र कृष्ण बिना राधाको नाम अधुरो मनिन्छ । आज हामी एक यस्तो कहानी सुनाउदै छौ जुन सुनेर तपाई नै चकित पर्नु हुन्छ । यो पौरानिक इतिहासले वर्तमान समयलाई अति नै सुन्दर साथ जोड्ने गर्छ । यस्तो स्थान जहाँ भगवान कृष्ण ले रोपेको मोतीको बोट अहिले पनि छ ? आउनुस पुरा पढौ !
यस्तो छ धार्मिक कथा : अधिकांश ले यहि सुन्दै आको छ कि कृष्णको हजारौ गोपिनी हरुमा राधाको नाम लिदैन । राधा बस कृष्णको प्रेमिका थियो । यी दुईको बिबाह असम्भब भएको थियो । तर कहिँ कहिँ यी दुबैको बिबाह ब्रह्म जीले गरेको थियो भन्ने पनि उल्लेख छ । श्री कृष्ण र राधाको संसारिक नाता थिएँन तर गर्ग संहिता, गौतमी तन्त्रका अनुसार यी दुबैको बिबाह भएको बर्णन गरेको सन्त महात्माहरुले बताएका छन् । पुराणका अनुसार गोबर्धन पर्बत उठाउने घटनाको केहि समय पछी श्री कृष्ण र राधा को इन्गेजमेन्ट भएको थियो ।इन्गेजमेन्टमा कृष्णले उपहार स्वरूप बेशकीमती मोति दिएका थिए । तेही बेला देखि यस्तो बोट उम्रेको थियो जसमा अहिले पनि मोति निस्की रहेको छ । गर्ग सहिताका अनुसार राधा र कृष्णको इन्गेजमेन्टमा राधाको पिता वृषभानुले उपहार स्वरूप कृष्णलाई बेशाकीमति मोति दिएको थियो । यो मोति उपहार पाएकोमा वासुदेव तनाबमा परेका थिए । यति महँगो मोति कृष्णले कसरि सम्हाल्ने होला भन्ने उनलाई डर थियो ।
श्रीकृष्ण ले उक्त मोतीलाई कुण्डको नजिक जमिनमा गाडी दिए । जब नंद बाबालाई यो कुरा थाहा भयो छोरा प्रति रिस उठ्यो । उनले केहि मानिसलाई त्यो मोति खनेर ल्याउन पठाए । तर जब उनीहरुले मोति गाडेको ठाउमा पुगे त्यहाँ एक बोट उम्रेको थियो ।उक्त बोटमा मोति टल्की रहेको थियो । तब उनीहरुले मोतीलाई बैलगाडीमा हालेर नंदबाबा को घरमा पुर्याउए । तेही समय देखि आज पनि त्यो कुण्डको मोति कुण्ड कै नाम ले चिनिने गरेको छ । ८४ कोषको गोबर्धन यात्रा गर्दा आज पनि पिलुको बोटबाट मोति खोज्न आउने गर्छ । यस्ता बिरुवा अरु ठाउमा पनि लगाएको छ तर यहि स्थानमा लगाएको बोट बाट मात्र मोति उत्पादन हुने गर्दछ । यात्रा गर्ने मानिसहरुले यो कुण्ड र कुण्डको आसपास मोतीको बोटलाई सजिलै देख्न सकिन्छ ।
October 7, 2018 10:39 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

