सिङ्गटी जलविद्युत् आयोजनाको ‘ब्रेक थ्रु’
जिरी । दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ छेडिएको छ। आयोजनाको सुरुङको यो पहिलो खण्डको हो। यसको लम्बाइ अडिटबाहेक दुई हजार ९०० मिटर छ। पहिलो सुरुङ ‘ब्रेक थ्रु’ भएसँगै आयोजनाको प्रगतिमा इँटा थपिएको आयोजना निर्देशक काजी लामाले बताए। पहिलो ब्रेक थ्रुसँगै तीन किलोमिटर खण्ड वारपार भएको छ। आयोजनाको हेडबक्स खण्डको माथिल्लो खण्डको सुरुङ खुलेको हो। सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडका अर्का सञ्चालक बटु लामिछानेले सुरुङको पहिलो खण्डको सफलताले लगानीकर्ता, निर्माण व्यवसायी, शेयर होल्डर, मजदुर सबैलाई हर्षित बनाएको प्रतिक्रिया दिए।
सिभिल निर्माण शुरु गरेको छोटो समयमै राम्रो प्रगति गर्ने नेपालकै पहिलो जलविद्युत् आयोजना भएको उनले बताए। सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले दुई वर्ष अवधिमा आयोजनाको निर्माण अन्तिम चरणमा पुर्याएको छ। आयोजनाको समग्र प्रगति ८० प्रतिशत भएको छ। आयोजनाको बाँध क्षेत्रको काम अन्तिम चरणमा पुर्याएको छ। शिरिसघारीस्थित कात्तिके गाउँमा निर्माण भइरहेको विद्युत्गृहको ६० प्रतिशत काम सम्पन्न भएको छ। चैतभित्र विद्युत्गृहको निर्माण पूरा हुने कम्पनीले जनाएको छ।
सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको अनुमति दिएको आयोजनाबाट २०७६ वैशाख १ गतेदेखि विद्युत् उत्पादन गर्ने तालिका छ। केही ढिला हुँदा पनि जेठ असारदेखि उत्पादन शुरु हुने बताइएको छ। विद्युत्गृहमा १२।५ मेगावाट क्षमताका दुई युनिट राखेर विद्युत् उत्पादन गरिनेछ। आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सिङ्गटी सवस्टेशनमा लगेर जोडिनेछ। रु चार अर्ब ६३ करोड लागत अनुमान गरिएको यस आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० बैंकले रु तीन अर्ब ३० करोड ऋण लगानी गरेका छन्। १६ मेगावाटमा निर्माण शुरु गरिएको आयोजना नौ मेगावाट क्षमता बढाएर २५ मेगावाट पुर्याइएको होे।
October 7, 2018 10:58 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय