Friday 27th March 2026

राष्ट्रपतिले दिइन् ‘समृद्ध नेपाल’ बनाउने यस्तो सुझाव

7 years अगाडी

काठमाडौँ। राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को परिकल्पनालाई साकार पार्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक कार्ययोजना बनाउन सरकारलाई सुझाव दिएकी छन्। राष्ट्रपति भण्डारीले स्वच्छ वातावरण निर्माणमा सबै नागरिकले विशेष ध्यान दिनुपर्नेमा पनि जोड दिइन्। आईतबार काठमाडौंमा आयोजित वातावरण सम्मेलनलाई सम्बोधन गर्दै उनले वातावरण प्रदुषण हुन नदिन र जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्दै लैजान तीन वटै तहका सरकारले मिलेर काम गर्नुपर्ने पनि स्पष्ट पारिन्।

राष्ट्रपति भण्डारीले वायु प्रदुषण न्यूनिकरणका लागि पेट्रोलियम पदार्थलगायतका वायु प्रदुषण गर्ने पदार्थहरुमा लगाइएको कर सदुपयोग गर्न उपयुक्त हुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन्। कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण विनाशलाई रोक्न प्रभावकारी कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे। उनले जलवायु परिवर्तनले जनजीवनमा पारेको प्रभावकारी रोक्न सरकार लागि पर्ने पनि बताए। मन्त्री बस्नेतले वातावरण सम्मेलनले स्वच्छ वातावरण निर्माणका लागि ठोस धारणा तय गर्न सघाउ पु¥याउने विश्वास पनि व्यक्त गरे।

          October 7, 2018 12:04 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...