Thursday 26th March 2026

विवादमा किशोरी लालको पक्राउ अप्रेशन, प्रहरीले अपहरण गरेको भारतीय दावी

7 years अगाडी

काठमाडौं । करिब १३ वर्ष पुरानो नेपालगञ्जको एक हत्याकाण्डका मुख्य अभियक्तका रुपमा भारतको लखनऊबाट नेपाल पक्राउ गरेका किशोरी लाल सोनी निर्दोश रहेको भन्दै भारतीय सञ्चारमाध्यमले नेपाल प्रहरीले व्यापारीको अपहरण गरेको बताएका छन् । २०६२ फाल्गुन २३ गते नेपालगञ्जको व्यस्त बजार त्रिभुवनचोक नजिकै रहेको दीप ज्वैलर्सका सञ्चालक दीपक हेमकारसहित पाँच जनाको हत्या भएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोदेखि जिल्लामा आउने सबैजसो प्रहरी प्रमुखको चासोको मुद्दा बनेको हेमकार हत्याकाण्डका आरोपी किशोरीलाल सोनीलाई प्रहरीले पक्राउ गरेको हो।

भारतीय सञ्चारमाध्यम आज तकले आफ्नो अनलाईन संस्करणमा नेपाल प्रहरीले भारतीय व्यापारीको अपहरण गरेको समाचार शनिबार प्रकाशित गरेको छ ।  आजतकले लेखेको छ, ‘उत्तर प्रदेशको राजधानी लखनऊको माडियांव थाा क्षेत्रबाट एक व्यापारी किशोरी लाल सोनीलाई केही दिन पहिला अपहरण गरिएको छ । अपहरणको भोलीपल्ट एक फोनमाफर्त किशोरीका छोरालाई नेपाल प्रहरीले अपहरण गरेको जानकारी दिइयो ।’  नेपाल प्रहरीले किशोरीलाई पक्राउ भने पनि आजतकले भने त्यसलाई अपहरण भनेको छ ।

नेपाल प्रहरीले भारतीय कनुै सरकारी एजेन्सीलाई जानकारी नदिएर यस्तो घटा गराएको दावी गरेको छ । उसले यो घटनामा दुई देशको कुटनीतिक सम्बन्धबाट समस्याको समधान गर्नुपर्नेसमेत बताएको छ । नेपाल र भारतबीच भएको सुपुर्दगी सन्धीअनुसार अपराधीलाई एकदेशबाट पक्राउ गरेर अर्को देशलाई बुझाउनुपर्ने भए पनि नेपाल प्रहरी र भारतीय प्रहरीले बेला बेलामा एकअर्काका स्थानमा गएर अपराधीलाई नियन्त्रणमा लिँदै आएका छन् । प्रहरीको यही प्रचलनअनुसार किशोरी लालको पक्राउ भएको नेपाल प्रहरीको भनाई छ ।

तर भारतीय सञ्चारमाध्यमले भने त्यसलाई अपहरण भने किशोरी लाललाई निर्दोश भनेपछि यो घटना कुटनीतिक तहमा प्रवेश गर्ने अनुमान गरिएको छ ।  हालै सुनसरीमा एक मुस्लिम शिक्षक खुर्सिद अन्सारीको हत्या भएको थियो । जसमा भारतीय सुरक्षाकर्मीको संलग्नता रहेको नेपाली सुरक्षाकर्मीको दावी छ । यद्यपी भारतीयहरुले सो हत्यामा भारतीय सुरक्षाकर्मीको हात नरहेको बताइरहेका छन् । ती अन्सारी भारतको प्रहरीको अपराधी सूचीमा थिए ।  दुई देशका प्रहरीबीच् समन्वय अभावमा हुने यसप्रकारका गिरफ्तारी बेला बेलामा विवादमा आउने गरेका छन् । नेपालगञ्ज हत्याकाण्डका मुख्य दोषी भनिएका किशोरी लालको गिरफ्तारी पनि विवादित बनेको छ ।

यस्तो थियो नेपालगञ्ज हत्याकाण्ड : भारतको सीतापुर जिल्ला बासुवा बजारमा घर रहेका किशोरीलाल दीपकका ससुरा हुन्। उनी अहिले लखनउको प्रियादर्शनी कलोनीरोडमा बस्दै आएका थिए। किशोरीलाललाई नेपालगञ्ज नाकामा आएको मौका पक्राउ गरेको बताए। किशोरीलाल, दीपककी श्रीमतीलगायतलाई प्रहरीले खोजी गरिरहेको थियो। दीपक श्रीमती फरार रहेकी छन्।त्यो हत्याकाण्डमा ३२ वर्षका दीपक, ६२ वर्षका बुवा जगदेव, आमा सीतादेवी, हजुरआमा ८२ वर्षकी गुलाबीदेवी र कुसुम घर भएका कामदार रामसनिचर चौधरी मारिएका थिए। पछाडीको ढोकाबाट भित्र पसेका हत्याराले घरमा पालेको सुँगासमेत मारेका थिए।

नेपालगञ्जको व्यस्त बजारमा परिवारकै हत्या भएपछि नेपालगञ्जमा खैलाबैला मच्चिएको थियो। स्थानीयले केही समय आन्दोलनसमेत गरेका थिए। स्थानीयवासीले सुरक्षामा प्रश्न चिन्ह उठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान टोली आएर घटनाको अनुसन्धान गरेको थियो।त्यसका बाबजुद पनि हत्यारा पक्राउ पर्न सकेका थिएनन्। त्यसयता नेपालगञ्जमा सरुवा भएर आउने प्रहरी प्रमुखलाई हेमकार काण्डको हत्यारा पक्राउ गर्न नसकेको अवगत गराइन्थ्यो। प्रहरी प्रमुखले पनि आफूले त्यो फाइललाई खोलेर सुक्ष्म ढंगले अनुसन्धान गर्ने आश्वासन दिदै आएका थिए।

सुन व्यवसाय रहेका हेमकारलाई श्रीमती दीपाको मिलोमतोमा माइती पक्षले मारेको आशंका गरिएको थियो। हेमकारकी श्रीमती माइती ९भारत० तिरै बसेपछि बल मिलेको थियो। प्रहरीले घटनामा माइती पक्षकै आशंका गरेर अनुसन्धान अघि बढाएको थियो। घरको दुईतला माथि नै पाँचै जनाको घाँटी रेटेर हत्या गरिएको थियो। सबैको रुद्रीघण्टी काटिएको थियो। घटनापछि श्रीमती दीपाले सबै सम्पत्ति २०६३ जेठ १४ गते आफ्नो नाममा पास गरेकी थिइन्। उनले सबै जग्गा बेचिसकेकी छन्। उक्त जग्गा नेपालगञ्जका विभिन्न व्यक्तिको नाममा रहेको छ। १३ वर्षपछि हेमकार परिवारको हत्याकाण्डका आरोपी पक्राउ परेपछि नेपालगञ्जका अर्का गौरव रस्तोगीको घटना पनि बाहिर आउने आशा गरिएको छ। गौरवलाई अपहरण गरी अहिलेसम्म बेपत्ता बनाइएको छ। यो घटना पनि दशक पुरानो हो।

          October 7, 2018 12:20 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...