सोनमको बयानले रिसले आगो भएकी कंगना भन्छिन्, ‘मेरो बारेमा बोल्ने अधिकार कसले दियो ?
बलिउडमा अभिनेत्री तनुश्री दत्ता र नाना पाटेकरबीचको विवाद नसक्किँदै एक अर्का निर्देशक विकास बहलको विवादमा कंगना रनावतले दिएको बयानप्रति सोनम कपूरले प्रतिक्रिया दिँदा फेरि हंगामा मच्चिएको छ ।
हालै एक कार्यक्रममा सोनम कपूरलाई यस सम्बन्धमा प्रश्न गर्र्दै ‘यदि यस अवस्थामा भएको भए तपाई कसरी सामना गर्नुहुन्थ्यो ?’ भन्ने प्रश्नमा सोनमले भनिन्, ‘मलाई थाहा छैन म कसरी डिल गर्थेँ । तर मलाई ती महिलामाथि विश्वास छ । मलाई त्यो दुर्व्यवहार निकै खराब र कायरतापूर्ण लाग्यो ।’
सोनमलाई निर्देशक विकास बहललाई लागेको यौन शोषणको आरोपका बारेमा प्रश्न गर्दा उनले जवाफमा भनिन् ‘जे पनि भयो त्यो निकै खराब भयो । मैले जब यसबारे थाहा पाएँ मलाई एकदमै रिस उठेको थियो । कंगनाले पनि यस बारेमा लेखेकी थिइन् । तर कहिलेकाहीँ कंगना रनावतले जे बोल्छिन् त्यो सबै कुरालाई गम्भीरतापूर्वक लिन गाह्रो हुन्छ । तर जे भएको छ त्यो निकै खराब भएको छ ।’
सोनम कपूरको यस बयानका कारण कंगना रिसले आगो हुँदै जवाफ दिएकी छिन । कंगनाले जवाफमा भनिन्, ‘मेरो बारेमा जज गर्ने हक सोनमलाई कसले दियो ? के सोनमसँग लाइसेन्स छ र उनी कसलाई विश्वास गर्ने र कसलाई नगर्ने भन्दै हिँड्नलाई ? उनी उनका पिता अनिल कपूरका कारण सेलिब्रिटी बनेकी हुन् । र त्यही कारण मानिसहरुले उनलाई चिन्छन् । तर मेरो पहिचान मेरो पिताका कारण बनेको होइन । १० वर्षसम्म संघर्ष गरेर मैले सेलिब्रिटीको रुपमा आफ्नो पहिचान बनाएकी हूँ ।’ कंगनाले अगाडि भनिन्, ‘सोनम कपूर न उत्कृष्ट अभिनेत्री हुन् न त असल वक्ता । तसर्थ सोनमलाई मेरो बारेमा केही भन्ने अधिकार छैन ।’
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :