Thursday 26th March 2026

दशैंमा पाँच टाउके महादेवको दर्शन गर्न पाइने

7 years अगाडी

काठमाडौँ, २३ असोज । बडादशैँका अवसरमा पशुपति स्थित राजराजेश्वरीमा पाँचटाउके महादेवको अवलोकन र दर्शन गर्न पाइने भएको छ । पुजारी पुरुषोत्तम कर्माचार्यले यसको व्यवस्थापन गरिने जनाकारी दिए ।

धार्मिक क्षेत्रमा महादेव, जुँगे माहादेव र पाँच टाउके महादेवको आ–आफ्नै महत्व रहेको धार्किक ग्रन्थमा वर्णन छ । घटस्थापनका दिनदेखि कोजाग्रत पूर्णिमासम्म यी महादेवसँग भक्तजनले साक्षत्कार गर्न पाउनेछन् ।

अमलाकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलका अनुसार यहाँको शक्ति पीठ झङ्केश्वरी, वनकाली, गुहेश्वरी, भुवनेश्वरी, जयवागेश्वरीमा विशेष अर्चना यो पल्ट हुँदैछ भने अमालकोटमा रहेको तलेजुमा पनि योपल्ट भव्य अर्चना हुँदैछ । पाँच टाउके महादेवको मूर्ति अवलोकन दुर्लभ मानिन्छ ।

          October 9, 2018 3:10 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...