नेपाली राजदुतावास कुवेत द्वारा ,कुवेत-इराक-कुवेत रुटमा सवारी चलाउने नेपाली सवारी चालक हरुलाई सजग हुन आव्हान ।
कुवेत – नेपाली राजदुतावास कुवेतले कुवेत-इराक-कुवेत रुटमा सवारी चलाउने नेपाली सवारी चालक हरुलाई सजग हुन आव्हान गरेको छ ।
कुवेत-इराक-कुवेत रुटमा सवारी चलाउने नेपाली सवारी चालक हरु कुवेत प्रवेश गरिसकेपछि उक्त सवारी साधनको चेकजाँचको क्रममा समातिने र लागू पदार्थको कारोबार गरेको अभियोगमा सजाय भोग्नुपर्ने बाध्यता आइलाग्ने जानकारी प्राप्त भए पछी नेपाली राजदुतावास कुवेतले एक सूचना जारी गरी कुवेत-इराक-कुवेत रुटमा सवारी चलाउने सवारीचालक हरुलाई सजग हुन अनुरोध गरेको हो ।
नेपाली राजदुतावास कुवेतले जारी गरेको सूचना जस्ताको तस्तै :
मितिः २०७५ जेठ २२
(५ जुन २०१८)
कुवेत-इराक-कुवेत रूटमा सवारी चलाउने नेपाली सवारी चालकहरूबाट इराकबाट कुवेत फर्किने क्रममा सवारी साधन पार्क गरेको समयमा वा Clearance को लागि लामो समयसम्म क्यूमा बसेको समयमा त्यहाँका लागूपदार्थ (Drugs) का कारोबारीहरूले सवारी चालकहरूले थाहा नपाउने गरेर सवारी साधनका विभिन्न स्थानमा लागूपदार्थहरू कुवेतमा पठाउनको निम्ति राखीदिने गरेको कारण कुवेत प्रवेश गरिसकेपछि उक्त सवारी साधनको चेकजाँच (Screening) को क्रममा समातिने र लागू पदार्थको कारोबार गरेको अभियोगमा सजाय भोग्नुपर्ने बाध्यता आइलाग्ने जानकारी प्राप्त भएको छ । अत: कुवेत-इराक-कुवेत रूटमा सवारी चलाउने नेपाली सवारी चालकहरूले सवारी साधन पार्क गरेको समयमा वा Clearance को लागि लामो समयसम्म क्यूमा बसेको समयमा हरसमय अत्यन्त सजग भएर आफ्नो सवारी साधनमा लागूपदार्थ (Drugs) राख्न नदिन र लागूपदार्थ कारोबार गरेको अभियोगमा पक्राउ परी सजायको भागीदार बन्नबाट बच्न सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन