बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
बङ्गलादेशमा सम्पन्न चुनावमा विपक्षी बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले दुईतिहाइ बहुमत हासिल गरेको छ । बीएनपीले २ सय ९९ मध्ये २ सय १२ सिट जितेको स्थानीय टिभी च्यानलहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । निर्वाचन आयोगले आधिकारीक घोषणा गर्न बाँकी नै छ ।
योसँगै पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । सन् २००८ देखि बेलायतमा बस्दै आउनुभएका ६० वर्षीय तारिक रहमान १७ वर्षपछि स्वदेश फर्किनुभएको हो । पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टी सत्तामा हुँदा रहमान विभिन्न आपराधिक अनुसन्धानको भागीदार हुनुभएको थियो । तर हसिनाको शासन पतन भएपछि उहाँ सबै आरोपबाट मुक्त हुनुभएको छ ।
बीएनपीले झन्डै २० वर्षपछि सत्ताको नेतृत्व गर्न लागेको हो । यसअघि सन् २००१ देखि २००६ सम्म बीएनपीकी तत्कालीन पार्टी अध्यक्ष बेगम खालिदाले सरकारको नेतृत्व गर्नुभएको थियो ।
चुनावमा प्रतिद्वन्द्वी दल जमात–ए–इस्लामीले ७० सिट जितेको छ । जमात–ए–इस्लामीले मतपरिणामप्रति असन्तुष्टि जनाएको छ ।
यस्तै विद्यार्थी आन्दोलनबाट स्थापित नेशनल सिटिजन्स पार्टी (एनसीपी) ले खराब प्रदर्शन गरेको छ । एनसीपीले उम्मेदवारी दिएका ३० मध्ये केवल ५ सिट जितेको छ । एनसीपीले पनि मतपरिणाममा गडबडी भएको आरोप लगाएको छ ।
यद्दपि बङ्गलादेशको निर्वाचन आयोगले मतपरिणाम निष्पक्ष र विश्वसनीय भएको दाबी गरेको छ ।
हसिनाको अवामी लिग पार्टी प्रतिबन्धित भएकाले यस चुनावमा सहभागी हुन पाएन ।
बङ्गलादेशमा विद्यार्थी आन्दोलनले सरकार ढालेको १८ महिनापछि ऐतिहासिक चुनाव भएको हो । सन् २०२४ को जुलाईमा विद्यार्थीहरूको आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाएको थियो ।
बिहीवार भएको चुनावमा ५९ दशमलव ४४ प्रतिशत मतदाता सहभागी भएका थिए ।
यस्तै संवैधानिक सुधारको विषय समेटिएको ‘जुलाई बडापत्र २०२५’ बारे जनमत सङ्ग्रहको नतिजा सार्वजनिक हुन बाँकी छ । उज्यालो
February 13, 2026 4:48 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)