Monday 29th December 2025

साउदीअरबमा अपलपत्र परेका २९ जना कामदारहरू सकुशल नेपाल फर्के

8 years अगाडी

शुक्र मोक्तान/तेज थापा

साउदी अरब- रोजगारिको शिलसिलमा नेपाली युवा जमात दिननु बिदेश पलायन हुने क्रम जारी छ भने बिदेशमा श्रम बेच्न र पैसा कमाउन सोचे जस्तो सचिजलो छैन । भविष्यको सुनौलो सपना सांचि साउदी अरब छिरेका कैयौं श्रमिकहरूको सपना चकनाचुर भएका बिभिन्न घटनाहरू यत्रतत्र देख्न सकिन्छ । साउदी अरबको पूर्वी प्रान्त दम्माम स्थित राकामा रहेका पिडित नेपाली कामदारहरूको समुह पनि यस्तै उदाहरण मध्य एक हो ।

साउदी अरबको दम्माम शहर नजिक राकामा अवस्थित प्रोजेक्ट सिस्टम ग्रुप कम्पनिमा कार्यरत करिव ४२ जना नेपाली कामदारहरू विगत ९ महिना भन्दा बढी समय देखी तलब सुविधा नपाई अलपत्रमा परेका छन् । रोजगार दाता कम्पनिले उनिहरूलाइ लामो समय देखि तलव सेवा सुबिधा नदिनुको साथै घर फर्कन चाहेर पनि एक्जिट भिषा समेत नलगाइ दिदा अलपत्र परेका हुन् ।  जसमध्य २९ कामदारहरू गैर आवसीय संघ साउदीको पहल तथा नेपाली राजदुतावास साउदी अरबको सहयोग एवम् उद्धारमा हिजो राति हिमालयन एअरलाइनबाट सकुशल नेपाल फर्किएका छन् भने बाकी रहेका बिक्रम राई, राम बहादुर सार्की, भक्त बहादुर शेष्ठ, श्याम बहादुर लिम्बु, जित बहादुर लिम्बु, सोमदेल चेम्जोङ, उक्त बहादुर चेम्जोङ, हरिराम छन्त्याल, बिसाल मगर, हस्त बिर आले, ताहिर मिँया, चण्डेश्वर मण्डल र किसुन मुखिया गरी १३ जना कामदारहरू अझै उद्धारको पर्खाईमा रहेका छन् ।

सकुशल नेपाल फर्किएका २९ जना कामदारहरू मध्य छोराछोरीको सुनौलो भविष्यको परिकल्पना गरि ५ अक्टोबर १९९९ मा साउदी पसेका दल बहादुर थापालाइ नियतिले पनि ठगेको छ । नेपालगन्ज स्थाई घर भएका थापालाइ बिगत ९ महिनादेखि रोजगारदाता कम्पनिले तलव सेबासुबिधा नदिएको पिडा त छदैथियो त्यसमा पनि अकस्माथ छोरा मृत्युको खवरले झन शोकमग्नमा परे । कम्पनिले समयमा फाइनल एक्जिट भिषा नलगाइदिएकोले उनि छोराको काजकृयामा समेत सामेल हुन पाएनन् । उनको दयनिय अवस्थालाइ मध्य नजर गरि पुर्वी क्षेत्रमा कृपयाशिल एनआरएनए कर्मीहरूले सहयोग संकलन गरि गैर आवासीय नेपाली संघ साउदि अरबको तर्फबाट ६५० रियालको हवाइ टिकट उपलव्ध गराइदिएका छन् । एनआरएनए आइसिसि  वैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समितीका सह-संयोजक जोन(राजेन्द्र) अर्यालसँग भएको टेलिफोन सम्पर्क अनुसार एनआरएनए साउदी अरबका केन्द्रिय सदस्य रोशन कुमार श्रेष्ठ  तथा अर्याल द्वयले हिजो पिडित थापालाइ भेटि हवाइ टिकट उपलव्ध गराएको हामिलाइ बताए ।

स्मरण रहोस पिडित नेपाली कामदारहरूको सुचना प्राप्त हुनासाथ गैर आवसिय नेपाली संघ आइसिसि सदस्य एवम् वैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समितीका सह-संयोजक जोन (राजेन्द्र) अर्याल, एनआरएनए एनसिसि साउदीका अध्यक्ष नारायण पासवान, बरिष्ठ उपाध्यक्ष डमर यादवका साथै महासचिव तेज थापा लगायतको टोलिले पिडित कामदारहरूसँग भेटगरि स्थलगत अनुगमन गरेका थिए । साथै गत २१ अप्रेल, २०१८  मा नेपाली दुतावास रियादलाई  स्थलगत अनुगमन प्रतिबेदन सहित उद्धरका लागी संस्थागत अनुरोध समेत गरेका थिए ।  तत् पश्चात ३ में २०१८ का दिन नेपाली राजदुतावास रियादका श्रम-सहचारी अम्बीका प्रसाद अधिकारी, एनआरएनए आइसिसि वैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समितीका सह-संयोजक जोन अर्याल, एनसिसि साउदी अरबका सदस्य रोशन श्रेष्ठ, पुर्वी क्षेत्र क्षेत्रिय समन्वय समितिका सचिव घनश्याम अर्याल लगायतले दोस्रो पटक स्थलगत अनुगमन गरेका थिए ।

नियोग उप-प्रखुस आनन्द प्रसाद सर्मा, श्रम सहचारी अम्बिका प्रसाद अधिकारी लगायत नेपाली दुतावास रियाद साउदी अरबको निरन्तर अनुगमन, समन्वय र प्रयास पश्चात बिनोद शाह, किशोर श्रेष्ठ, टेक प्रसाद गुरुङ, आसा धन राई, दाताराम नेपाल, उत्तिम साह, बिक्रम मुखिया,जित ब. तामाङ, लोक ब. घर्ती, देउमान याक्खा, बद्री महरा, टम ब. पुन, महेश बस्नेत, श्याम ब. बि. क., भिम भट्टराई, तेज ब. बि. क., दल ब. बकबल, दल ब. थापा, धन ब. राना, धले शेर्पा,राम पुकार खत्री, देब ब. थामी, टोप बहादुर घर्ती, नवीन गुरुङ, करण बि.क.,भोज ब. घर्ती, जुमन मन्सुरी, हसिम अख्तर र गङ्गा प्र. शाह गरी २९ जना पिडित कामदारहरूलाई नेपाल फर्काउन सफल भएको हो ।

          June 8, 2018 6:58 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...