आज – २६ जेठ २०७५ शनिवारको राशिफल
आज – २६ जेठ २०७५ शनिवारको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक कारोवारमा मन्दी आउनेछ । आर्थिक कारोवारमा बिवाद आउनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । स्वास्थ्य सबल रहने छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेममा मनमुटावका साथै मन कमजोर रहला । चोटपटकको भयछ सचेत रहनुहोला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । वैदेशिक कार्य छोटो दुरीको लाभदायक यात्रा रहला । अघि बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक यात्राको योगछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रेमप्रसङ्गमा रमाइलोपन आउने छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेको कार्य पुरा हुनेछ । समय निकै उत्साहजनक रहनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लगनशीलताले कामहरु अगाडी बढ्नेछन । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) फन्तहररूको सहयोगले कामहरु अगाडी बढ्नेछन । पढाइ लेखाइमा प्रगति हुनेछ | दीर्घकालिक योजना कार्यान्वयन गरी दूरगामी प्रतिफल प्राप्त हुनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सन्तान सुख मिल्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । रमाइलो यात्राको योग रहेको छ । – ज्यो.प. नारायणप्रसाद दुलाल
June 9, 2018 5:07 am | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण