अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच एेतिहासिक वार्ता सुरु (भिडियाेसहित)
एजेन्सी :
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच औपचारिक वार्ता सुरु भएको छ । सिंगापुरस्थित सेन्तासा आइल्याण्डकाे एक होटलमा वार्ता सुरु भएको हो ।

कोरियाली प्रायद्वीपमा तनाव अन्त्य गर्ने उद्देश्यका साथ भएको शिखर बैठकका लागि विश्व प्रतिक्षामा रहेको थियो । हालसम्म कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेटवार्ता गरेका थिएनन् । यो नै पहिलो घटना हो । स्थानीय समयअनुसार विहान ९ बजेबाट सुरु वार्ताका लागि उन पहिले वार्तास्थल पुगेका थिए । त्यसपछि ट्रम्प वार्तास्थलमा पुगे ।

ट्रम्पले निकै अपेक्षा राखिएको वार्ता शान्ति प्राप्तिका लागि एकपटकको अवसर भएको बताएका छन् । शिखर वार्ताले गत वर्ष आरोप-प्रत्यारोप र एक-अर्कालाई चेतावनी दिने गरेका दुई नेतामा आएको नाटकीय परिवर्तनलाई इंगित गर्दछ । वाशिङटनको विश्वास छ- शिखर बैठकले एउटा प्रक्रियाको शुरूवात गर्नेछ, जुन प्रक्रियाले अन्ततः कोरियाली प्रायद्वीपलाई निश्शस्त्रीकरणतर्फ डोर्याउनेछ ।
उत्तर कोरियाले निस्शस्त्रीकरणका लागि आफू इच्छुक रहेको जनाएको छ । तर त्यो कसरी हासिल हुने अथवा त्यसको बदलामा उसले के खोज्नेछ त्यो स्पष्ट भइसकेको छैन । बैठकस्थल क्षेत्रमा सशस्त्र प्रहरीसहित बाक्लो सुरक्षा व्यवस्था मिलाइएको छ ।
June 12, 2018 8:15 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने