विप्लव समुहद्वारा रामेछापका सर्वसाधारणको ९९ रोपनी जग्गा कब्जा
रामेछाप । विप्लव समुह अन्तर्गत जिल्ला जनपरिषद रामेछापले खाँडादेवी गाउँपालिका वडा नं नम्वर १ राकाथुमको खैरेनीका विभिन्न व्यक्तिको ९९ रोपनी जग्गा कब्जा गरेको छ ।

विक्रम सम्वत् २०३९ सालमा जग्गा नापी नक्सा गर्न गएका नापी र मालपोतका कर्मचारीहरुलाई घुस खुवाएर पछि अन्य गाउँका सर्वसाधारण नागरिकहरुलाई पास गरिदिने भन्दै हालको दोरम्वा गाउँपालिका वडा नं २ का चण्डिलाल तामाङ, खाँडादेवी गाउँपालिका वडा नं १ का मानवहादुर तामाङ, सिंहवहादुर लामा, गणेशवहादुर तामाङ सोही गाउँपालिका वडा नं २ का तेजवहादुर तामाङ र रोजवहादुर तामाङले जग्गा आफ्नो नाममा पारेको र पछि अन्य नागरिकलाई जग्गा नदिएको भन्दै विप्लव माओवादीका कार्यकर्ताहरुले सो जग्गामा पार्टीको झण्डा गाडी जग्गो कव्जामा लिएको जनाएको छ ।
सो जग्गा आइतवार रातीबाट आफ्नो पार्टीले कव्जामा लिएको उक्त जग्गा सर्वसाधारण नागरिकलाई पनि दिने भन्दै शुरुमा पैसा असुलेको तर हालसम्म पैसा तिर्ने नागरिकलाई जग्गा पनि नदिएको र पैसा पनि फिर्ता नगरेको भन्दै यस्ता जनविरोधी गतिविधि गर्ने अधिकार कसैलाई पनि नरहेकाले उक्त जग्गा आफ्नो पार्टीले कव्जामा लिएको र कव्जामा लिएको जग्गा कोही कसैले हस्तक्षेप गर्न खोजे जिल्ला जनपरिषद रामेछापले सार्वजनिक अपिल गर्दै जुनसुकै कदम चाल्न पनि पछि नपर्ने चेतावनी दिएको छ ।
June 12, 2018 8:22 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने