कागतीका यतिधेरै फाइदा, जुन तपाईलाई थाहा नहुन सक्छ
कागतीमा भिटामिन सी को स्त्रोत भण्डार रहेको हुन्छ। यस्लाई स्वास्थ्यकोलागि अत्यन्त लाभदायक मानिन्छ। विशेष गरेर पेट सम्बन्धी समस्याकोलागि कागतीको अनेकन तरिकाले प्रयोग गर्ने गरिन्छ। कागतीको शिकंजी, चीनी नहाली सिधेनुनको साथमा पिएमा कब्जियत रहन्न स्कर्वी रोगमा कागतीको एकभाग रस तथा आठभाग पानि हालेर दैनिक सेवन गर्नाले या कागतीको रसमा थोरै सक्खर मिलाएर यस्लाई तताएर सिरप बनाई यस्मा थोरै पानि हालेर पिउँने गरेमा पित्तकोलागि यो अचुक औषधी बन्दछ।
दाद रोगमा : पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ।
घाँटी बसेमा : मनतातो पानीमा कागतीको रस, नून हालेर बिहान/बेलुका गारगल गर्नाले घाँटी बसेको ठीक हुन्छ।
ओठ फुट्ने भएमा : दूधको तरमा कागतीको रस मिसाएर दिनको २/३ पटक ओठमा लगाउनु होस्, ओठ फुटेको निको हुन्छ।
दाद आएमा : हर्रो कागतीको रसमा घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ।
फियो बढेमा : कागतीको चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप गरेमा ठीक हुन्छ।
अजीर्ण (खाएको नपच्ने) भएमा : छोकडा, मरिच, सिदेनुन, मुनक्का दाख र जीरा बराबर पिनेर कागती हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान/बेलुका खाना खानु अगाडि १\१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ।
ढाड दुखेमा : दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ढाड दुखेको ठीक हुन्छ।
कागती भिटामिन सी को महत्वपूर्ण स्रोत हो। सबै कागतीहरु सर्वगुणकारी हुने भएपनि कागजी कागतीलाई सबैभन्दा राम्रो मानिन्छ। यस्को औषधीयगुण निम्ननुसार छन् :
१.कपाल झरेमा, कपाल सेतो भएमा, कपालमा चाया तथा जुम्रा परेमा कागतीको रसमा अमलाको धुलो मिलाएर कपाल धुनाले फाइदा हुन्छ।
२.भात पकाउँदा कागतीको रस केही थोपा हाल्नाले चामल एक अर्कामा जोडिंदैन तथा चमकिलो भएर पाक्ने गर्दछ।
३.डण्डिफोर हटाउँनकोलागि कागतीको रसमा मलाई मिलाएर एक महिना सम्म अनुहारमा लागाएमा डण्डिफोर हट्ने तथा अनुहार चम्किलो हुन्छ।
४.कागतीको रसमा मरिच धनिया तथा भुटेको जिरा मिलाएर सेवन गरेमा पेटको विकार हट्दछ।
५.शरीरको कुनै भागमा चिलाएमा नरिवलको तेलमा कागतीको रस मिलाएर लगाउनाले चिलाउँदैन।
६.तरकारी दाल सलाद आदिमा कागतीको मिलाउनाले स्वाद बढ्ने गर्दछ।
७.कागतीको नियमित सेबनबाट शरीरको तौल नियन्त्रण चमत्कारिक ढंगले हुने गर्दछ। शरीरको मोटापा घटाउन कागती र मह मिलाएको पानी नियमित रुपमा महिनाभर लिनाले फरक देखिन थाल्दछ।
८. कागतीमा भिटामिन सी भरपुर मात्रामा रहने भएकाले यस्को सेवनबाट शरीरको मैटाबॉलिज्म बढ्न जने तथा वजन घट्ने हुन्छ । दैनिक खाली पेटमा तातोपनी कागती र मह मिलाएर खानाले बजन घट्दछ।
कागती सबै मौसममा पाइने अत्यधिक फाइदादिने फल हो । यस्ले खानामा मात्र स्वाद बढाउँने नभै यस्मा औषधीय तथा सौन्दर्यबर्ध गुण समेत रहने गर्दछ । यस्मा भिटामिन सी को पर्याप्त स्रोत पाइन्छ ।
सौन्दर्य निखारको लागिः
१. नरिवलको तेलमा कागतीको रस मिलाएर रातमा हल्का हातले लगाउने तथा विहान कपाल धुने गर्नाले कपालको “खुश्की” हट्दछ।
२.कपाल धुने समयमा कागतीको केही थोपा पानीमा हालेर सो पानीबाट कपाल धुने गरेमा कपाल मुलायम हुने कपाल झर्न कम हुने तथा खुश्की या चाया समेत कम हुन्छ।
३.नरिवलको तेलमा कागतीको रस तथा कपुर लगाएर मालिस गर्नाले कपालमा हुने रोग रहन्न।
४.विहान नुहाउनु भन्दा अगाडी कागतीको बोक्रा मुखमा लगाएर विस्तार विस्तार २-३ मिनेट मोलेर धुने लगातार १०-१५ दिनसम्म गर्नाले मुख सफा हुने गर्दछ । यो बजारमा पाइने कुनै पनि प्रकारको ब्लिचिङ्ग क्रिम या ब्युटीपार्लरको ब्लिचभन्दा कम हुन्न।
५.कागतीको रस र गुलावजल समान मात्रामा मिलाएर अनुहारमा लगाउँनाले केही दिनमै अनुहार बेदाग तथा छाला नरम र स्वच्छ हुन्छ।
६.कागतीको रस र तुलसीको पातको रस समान मात्रामा मिलाएर कुनै काँचको भाँडामा राखेर दिनमा कमसेकम दुईपटक अनुहारमा लगाउँनाले यसमा रहने मैलो तथा अन्य प्रकारको निशाना समेत मेटिने गर्दछ।
७.अनुहार जलेमा या अनुहारमा कालो दाग परेमा टमाटरको गुदीमा कागतीको रसको मिलाएर विहान वेलुका लगउने तथा केही समयपछी धुनाले फाइदा गर्दछ।
औषधीको रुपमा कागतीः
१.बदहजमी भएमा कागती काटेर चपाउँनाले या सानो टुक्रा काटेर कालो नुनको साथमा चुस्नाले फाइदा गर्दछ।
२.जस्लाई भोक कम लाग्दछ तथा पेट दुखने सिकायत रहन्छ कागतीको टुक्रामा कालो या सिधेनुन लगाएर उस्लाई तावामा तताएर चुस्नाले पेट दुखनमा आराम हुन्छ तथा भोकपनि खुलेर लाग्दछ।
३.यदि चक्कर आइरहेको छ या उल्टी भै रहेको छ भने कागतीको एक टुक्रामा कालो नुन मरिच हालेर खानाले चक्कर आउँन छोड्दछ। बमन रोकिन्छ।
४.एक ग्लास पानिमा एउटा कागतीको रस निचोरेर त्यसमा चिनी पिंधेर पिउनाले हैजा रोकिन्छ।
June 13, 2018 11:00 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण