बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
3 months अगाडी
manoj Thapa
काठमाण्डाै – सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो । बैठकले घाइतेको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिनुभयो ।
बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर फर्किने क्रममा पुर्चौडीको बडगाउँ मोडमा सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १११९ नम्बरको बस हिजो बेलुका दुर्घटना हुँदा १३ जनाको ज्यान गएको थियाे ।
पुर्चौडी नगरपालिकाले आज शोक बिदासमेत दिएको थियो । दुर्घटनामा घाइते भएका ३४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उज्यालो
February 6, 2026 4:57 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...