Wednesday 24th December 2025

सर्वाधिक राशिको एनआरएन कपको तयारी पुरा । खेल तालिका सार्वजनिक । 

8 years अगाडी

युएई । युएईको नेपाली समुदायमा हालसम्म्कै सर्वाधिक राशिको फुटबल प्रतियोगिता एनआरएन कप-२०१८ को तयारी पूरा भएको छ । आयोजक एनआरएनए युएईले जून १२ तारिख मंगलबार एक कार्यक्रम गरेर खेल तालिका सार्वजनिक गर्दै  खेलसम्बन्धि सबै तयारी पुरा भएको जनाएको हो आयोजक एनआरएनए युएईका अधिक पधादिकारी र एनआरएनए आईसीसी सदस्यहरु ठाकुरप्रसाद ढुंगाना र मनोज गोर्खाली, नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्याल र प्रतियोगितामा सहभागी अधिक टिम क्याप्टेनहरुको उपस्थितिमा गोलाप्रथा बाट खेलतालिका सार्वजनिक गरिएको हो ।

प्रथम पुरस्कार ६ हजार ६ सय ६६ दिराम ( करिब २ लाख रुपैयाँ ) राखिएको यो प्रतियोगिता  आगामी इदको अवसरमा १५ जून शुक्रबार दुबईमा आयोजना हुदै छ ।  प्रतियोगितामा आयोजक एनआरएन युएई,र नवलपरासी राइनो फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी  सुनुवार सेवा समाज र कास्टमन्डप फुटबल क्लब , मेचीमहाकाली फुटबल क्लब र रुपन्देही ११ का बीच पहिलो चरणमा प्रतिस्पर्धात्मक खेल हुनेछ । यसैगरी राइजिङ स्टार फुटबल क्लब र नेपाली समुदाय युएई, गोर्खा समाजको हिमालयन फुटबल क्लब र ओल्ड मन्क फुटबल  क्लब, नेपाली जनसम्पर्क समिति फुटबल क्लब र  माउन्ट एभरेस्ट फुटबल क्लबबीच स्पर्धा हुने तालिका सार्वजनिक भएको छ । नेपाली स्पोर्ट्स क्लब राक र हिपेट फुटबल क्लब,  युनाइटेड स्टार फुटबल क्लब र एनआरएन अबुधाबीको फुटबल समुहबीच प्रतिस्पर्धा हुने तालिका गोलाप्रथाबाट तय भएको हो ।            “नेपालीका लागि नेपाली” भन्ने एनआरएनको नारा अनुरुप युएईका युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने हेतुले आगामी इदको पहिलो रात ठिक ८ बजे आयोजना हुन लागेको हो ।

एनआरएन युएईको उद्दार कोषको सहयोगार्थ आयोजना हुन लागेको  यो प्रतियोगितामा २१ समुहले खेलका लागि नाम दर्ता गराए पनि १६ समुहले मात्र प्रतियोगितामा सहभागी हुने आयोजक समुहका मदन अधिकारीले बताएका छन् । नेपालमा विभिन्न चर्चित फुटबल क्लब खेल्ने खेलाडीहरु जो अहिले श्रमको सिलसिला युएईमा कार्यरत छन्, उनी हरुको पनि सहभागिता हुने हुनाले खेल अति रोमाञ्चक हुने आयोजकले दाबी गरेका छन् ।

दुबईको पेनाल्टी फुटबल मैदान सलाउदीन स्ट्रीटमा आयोजना हुने प्रतियोगितामा प्रथम पुरस्कार अहिलेसम्मकै सर्वाधिक राशीका साथमा  कप,  मेडल र प्रमाणपत्र हुनेछ । त्यसैगरी दोश्रो पुरस्कार ३ हजार ३ सय  ३सय ३३ दिराम (करिब १ लाख रुपैयाँ) कप, मेडल र प्रमाणपत्र हुनेछ । साथमा उत्कृस्ट टुर्नामेन्ट खेलाडीलाई कप प्रमाणपत्र, उत्कृस्ट गोलकिपरलाई कप र प्रमाणपत्र र प्रत्यक खेलको उत्कृस्ट खेलाडीलाई प्रमाणपत्र प्रदान गर्ने आयोजकले बताएका छन् । हरेक टिममा ११ जना खेलाडीका साथमा ५ अतिरिक्त खेलाडी, १ जना ब्यावस्थापक, १ जना टिम कोच रहने उक्त स्पर्धा फिफाको नियम अनुसार खेलाइने आयोजकले बताएका छन् । कुनै विवाद उत्पन्न भए रेफ्रीको निर्णय नै अन्तिम हुने बादबिबाद गर्न नपाइने नियम छ । बरदुबईस्थित हिमालयन एयरको अफिसमा आयोजित कार्यक्रममा एनआरएन युएईले सामाजिक गतिविधिका साथमा खेलकुद र खेलाडीहरुको विकासका लागि उत्तिकै प्राथमिकता दिएर सहयोग गर्ने एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले बताए ।

          June 13, 2018 6:53 pm | खेलकुद,प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...