Friday 13th February 2026

यस्ता छन् ज्वानोका चमत्कारी फाइदा

8 years अगाडी

ज्वानो तरकारी तथा अचारमा स्वादको लागि प्रयोग गरिने वनस्पति हो। यस लाई खाद्य विशेषज्ञले नेगेटिव कैलोरी फूड मा गणना गर्दछन। यो थोरै मात्रामा खादा पनि पेट भरिएको अनुभव गराउने हुनाले वजन घटाउन चाहनेहरु ले यसको झोल खाने गर्दछन।

कम्मर दुख्ने रोगमा : एक पाउ ज्वानो धूलो एक पाउ सखर दुबै बराबर राम्ररी मिसाएर विहान्वेलुका तातोपानी सँग १,१ चम्चा सेवन गर्नाले दुई हप्तामै ठिक हुँदै जान्छ।

नाथ्री फुटेमा : नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ।

रुघा लागेमा, सर्दि भएमा : ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ।

घाँटी बसेमा : एक गिलास पानीमा ज्वानो र सखर १ चम्चा राम्ररी उमालेर पिउनाले पनि घाँटी बसेको जान्छ।

शरीर दुख्ने रोगमा : भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहान,बेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ।

          June 14, 2018 12:01 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...