एक साता अघि सराङकोटमा मृत भेटिएकी महिलाको अहिलेसम्म पहिचान खुलेन
पोखरा- एक साता अघि पोखराको सराङकोटमा मृत भेटिएकी महिलाको हालसम्म सनाखत हुन सकेको छैन । कास्की प्रहरीका अनुसार जेठ २३ गते दिउसो पोखरा लेखनाथ महानगरपालिका बडा नं १८ सराङकोट स्थित देउराली घुम्तिको सडक किनार ठोट्नेखोला सामुदायिक जंगलमा फेला परेको महिलाको शबको पहिचान खुल्न नसकेको हो ।
अन्दाजी २५/३० बर्षकी महिलाको एक साता सम्म सनाखत हुन नसकेपछि प्रहरीले शबको तस्विर सहित पहिचानका लागि अपिल गरेको छ । बुधवार प्रेस बिज्ञप्ती जारी गर्दै कास्की प्रहरीले शब पहिचानको लागि अपिल गरेको हो । गहुँ गोरो वर्ण, मझौला शरीर , घाटीमा रातो पत्थर भएको गोलो लकेट सहितको रातो पोते,पहेँलो मंगल, सुत्र जस्तो मीनीहार , दुबै कानमा पहेलो लुर्कन, बाया हातमा दुई वटा र दाहिने हातमा एक औठी तथा सिउँदोमा सिन्दुर लगाएकी महिलालाई चिन्नुहुनेलाई सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।
बेबारिसे अबस्थामा शब भेटिएपछि घटनास्थलको मुचुल्का उठाई पोष्ट मार्टम समेत गरिसकिएको र शव हाल पश्चिम क्षेत्रीय अस्पतालको शव गृहमा रहेको कास्की प्रहरीले जनाएको छ ।
June 14, 2018 7:11 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने