एक साता अघि सराङकोटमा मृत भेटिएकी महिलाको अहिलेसम्म पहिचान खुलेन
पोखरा- एक साता अघि पोखराको सराङकोटमा मृत भेटिएकी महिलाको हालसम्म सनाखत हुन सकेको छैन । कास्की प्रहरीका अनुसार जेठ २३ गते दिउसो पोखरा लेखनाथ महानगरपालिका बडा नं १८ सराङकोट स्थित देउराली घुम्तिको सडक किनार ठोट्नेखोला सामुदायिक जंगलमा फेला परेको महिलाको शबको पहिचान खुल्न नसकेको हो ।
अन्दाजी २५/३० बर्षकी महिलाको एक साता सम्म सनाखत हुन नसकेपछि प्रहरीले शबको तस्विर सहित पहिचानका लागि अपिल गरेको छ । बुधवार प्रेस बिज्ञप्ती जारी गर्दै कास्की प्रहरीले शब पहिचानको लागि अपिल गरेको हो । गहुँ गोरो वर्ण, मझौला शरीर , घाटीमा रातो पत्थर भएको गोलो लकेट सहितको रातो पोते,पहेँलो मंगल, सुत्र जस्तो मीनीहार , दुबै कानमा पहेलो लुर्कन, बाया हातमा दुई वटा र दाहिने हातमा एक औठी तथा सिउँदोमा सिन्दुर लगाएकी महिलालाई चिन्नुहुनेलाई सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।
बेबारिसे अबस्थामा शब भेटिएपछि घटनास्थलको मुचुल्का उठाई पोष्ट मार्टम समेत गरिसकिएको र शव हाल पश्चिम क्षेत्रीय अस्पतालको शव गृहमा रहेको कास्की प्रहरीले जनाएको छ ।
June 14, 2018 7:11 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :