Friday 13th February 2026

हरेक गर्भवती महिलाले गर्नुहोस् यो काम

8 years अगाडी

एजेन्सी । हरेक गर्भवती महिलाको चाहाना हुन्छ, आफ्नो सन्तान स्वस्थ र भाग्यमानी बनोस्। उसको जीवनमा कोही दुख पीडा नआउन। ज्योतिषाचार्य प्रफुल्ल भट्टले गर्भवती महिलाले आफ्नो सन्तानका स्वास्थ र भाग्यमानी बनाउन १ खास मन्त्रका बारेमा उल्लेख गरेका छन्। उनका अनुसार प्रत्येक विहान गर्भवती महिलाले उक्त मन्त्र जप्दा पेटको सन्तानमा सकारात्मक असर पर्ने र शिशु स्वस्थ र सुन्दर रहने उल्लेख गरेका छन्।

भर्गवती महिलाले जुन बेला पनि उक्त मन्त्र जप सुरु गर्न सक्ने उल्लेख गरेका छन्।

यस्तो छ मन्त्र
रक्ष रक्ष गणध्यक्ष : रक्ष त्रैलोक्य नायकः।
भक्त नाभयं कर्ता त्राताभव भवार्णवात् ।। 

यी मन्त्र जप गर्ने नियम
१. यो मन्त्र जप गर्दा भगवान गणेशको प्रतिमा वा तस्वीर अगाडि राखेर गर्नु पर्दछ।

२. मन्त्र जप गरेपछि भगवान श्रीगणेशलाई मन पर्ने मोतीचूरको लड्डु समेत चढाउनु पर्दछ।

३. त्यसपछि महिला स्वयमले अलिकति प्रसाद लिने र अरु प्रसाद बाँकी परिवारलाई बाँडदिनु पर्दछ।

४. यस मन्त्रको प्रतिदिन कमसेकम एक माला अर्थात १०८ पटक जप गर्नु पर्दछ। यदी सम्भव भएसम्म महिलाको गर्भवती हुने समय नजिकिदै गर्दा मालाको संख्या बढाउन पनि सकिनेछ।

५. गर्भवती महिलाले सूर्य वा चन्द्र देखिएपछि उक्त मन्त्रको जव गर्न हुँदैन र यो जप एकान्त स्थानमा वा कोठाको राम्रो आसनमा बसेर गर्नु राम्रो मानिन्छ।

          June 15, 2018 12:20 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...