खाली पेटमा मनतातो पानीसँगै लसुन, अदुवा र कागती सेवनका फाइदा
काठमाडौँ । योगगुरु डा. विकासानन्दले स्वस्थ जीवनका लागि नियमित योग गर्नु स्वाभाविक नै भयो। तर, उनी भन्छन्, योगले मात्रै शरीर र मन स्वस्थ हुने होइन। शारीरिक स्वास्थ्यका लागि खानपान र जीवनशैलीको महत्वपूर्ण भूमिका रहन्छ। त्यसैले उनी खानपानमा उत्तिकै सचेत छन्। हरेक दिन बिहान खाली पेटमै उनी लसुन, अदुवा र कागती सेवन गर्छन् मनतातो पानीसँग। यी चिज सेवन गर्नुका फाइदाबारे उनी भन्छन्ः
तातोपानी र लसुनतातोपानी र अदुवा : मनतातो पानीसँगै अदुवा खाँदा पेट सफा हुन्छ। गिलासमा मनतातो पानी पिउँदै एउटा सानो टुक्रा अदुवा चपाएर नियमित निल्ने गर्दा पेटको विकार राम्रोसँग बाहिरिन्छ। स्वस्थ शरीरका लागि २४ घन्टामा पेटभित्र जम्मा भएका सबै विकार पूर्ण रूपमा निष्कासन हुनु आवश्यक हुन्छ।अदुवाजस्तै सबैको भान्सामा हुने लसुनको गुण पनि ठूलो छ। यसको महत्व बुझ्नसके निकै लाभदायी हुन्छ। बिहानै खाली पेटमा तातोपानीसँगै दुई–तीन पोटी लसुन चपाएर निल्ने गर्दा ब्लडपे्रेसर सही राख्न भूमिका खेल्छ। लसुनले पेटलाई पनि फाइदा गर्छ। पेटमा इन्फेक्सन हुन नदिने तथा सफाइको काम लुसनले गर्छ।
तातोपानी र कागती : मनतातो पानीमा काटेको कागती डुबाएर या निचोरेर नियमित सेवन गर्दा शारीरिक तौल सन्तुलित राख्न भूमिका खेल्छ। स्वस्थ जीवनका लागि शारीरिक सन्तुलन अत्यावश्यक छ। त्यसैले नियमित तातोपानी र कागती खानु फलदायी हुन्छ। प्रायः ओभरवेटका कारण मान्छेहरू कैयौैँ रोगको सिकार हुने गरेका छन्।
June 17, 2018 11:24 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण