Wednesday 8th May 2024

१० वर्षले कान्छा प्रेमी निकसँग प्रेममा रहेकी प्रियंका अमेरिकी बुहारी हुन सक्ने, प्रियंकाकी आमा यसो भन्छिन्

6 years अगाडी

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको नाम पछिल्लो समय हलिउड अभिनेता तथा गायक निक जोनससँग जोडिए पछि उनी अमेरिकी बुहारी हुन सक्ने बताइएको छ ।

भारतिय संचार माध्यमका अनुसार निक जोनसको परिवार प्रियंकालाई बुहारी बनाउन तयार रहेको छ । तर प्रियंकाकी आमा मधु चोपडाले छोरीको अफेयरबारे चलेका हल्ला गलत भएको प्रतिक्रिया दिएकी छिन् ।हालै प्रियंका निक जोनसको भतिजीको बिहेमा सरिक भएपछि भारतिय मिडिया गर्माएको थियो ।

निक जोनस भने प्रियंकामाथि आफ्नो सारा ध्यान लगाइरहेको र प्रियंकालाई आफू खास रहेको महसुस गराउन सक्दो प्रयास गरिरहेको बताइएको छ ।समाचारमा जनाइएअनुसार निकले प्रियंकासँगको सम्बन्धलाई बिहेमा परिणत गर्न खोजेको बताइएको छ । चाँडै नै उनले यसबारे घोषणा गर्ने अनुमान पनि भारतीय मिडियाहरूले गरेका छन् ।

          June 17, 2018 4:28 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...