Sunday 19th May 2024

कुवेतमा मृत्यु भयका तिन जानाको शव नेपाल आइपुग्यो

2 months अगाडी

 कुवेतमा गाडिको ठक्कर बाट  मृत्यु भएका तीन जना नेपाली नागरिकको शव नेपाल ल्याइएको छ। गत मंगलबार बिहान कुवेतमा एक लोकल कनवेती नागरिकले चलाएको गाडीको ठक्करबाट तीन जना नेपाली नागरिकहरुको गाडीको ठक्करबाट मृत्यु भएको थियो । उनीहरूको शव पोष्टमार्टमपछि कुवेतबाट नेपाल पठाइएको हो। णनीहरुको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतकका आफन्तहरूले शव बुझेका छन्। 

कुवेतको महाबुल्ला एरियामा गत मंगलबार बिहान गाडीको ठक्करबाट तीन जना नेपाली नागरिकको ज्यान गएको थियो। कुवेतस्थित नेपाली राजदूतावासका अनुसार गाडीको ठक्करबाट सानो भर्याङका सुजन कार्की, अछामका सुरज बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो ।

उनीहरु कुवेत स्थित पापाजोन कम्पनीमा कार्यरत थिए । उनीहरूको शव फरवानिया हस्पिटलमा पोष्टमार्टम गरेपछि नेपाल पठाइएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ। 

          March 18, 2024 9:14 am | दुरघटना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...