बुवाको शवलाई कफिन होइन बीएमडब्लूको नयाँ कारमा राखेर गाडियो
एजेन्सी – नाइजेरियाका एक व्यक्तिले आफ्नो बुवाको शवलाई बीएमडब्ल्यू कारभित्र राखेर गाडेका छन् । ९० हजार डलर (९७ लाख रुपैयाँ) पर्ने बीएमडब्ल्यू एक्सफाइभमा राखेर बुवाको अन्तिम संस्कार गर्ने व्यक्तिले अनलाइनमा निकै चर्चा भइरहेको छ ।
अडिटी सेन्ट्रलका अनुसार अजुबुईकले आफ्ना वृद्ध बुवाको अन्तिम यात्रालाई सहज बनाउनका लागि विलासी गाडी खरिद गर्ने सोच बनाए । त्यसकारण यसका लागि उनले बीएमडब्ल्यू एक्सफाइभ किने, बुवाको शवलाई त्यसभित्र राखे र ६ फिट गहिरो चिहान खनेर गाउँ नजिकै पुरे । शव राखिएको कारलाई पुर्न लागेको तस्बिर अनलाइनमा भाइरल भएपछि यसले विवाद निम्त्याएको छ ।
कोही मानिसले ती व्यक्तिले आफ्नो बुवालाई अन्तिम अवस्थामा दिएको सम्मानको कदर गरेका छन् भने धेरैजसो फेसबुक प्रयोगकर्ता भने उनीसँग रिसाएका छन् । उनीहरुले मृतकको मजाक उडाएको भन्दै कार किन्ने पैसाले गाउँको विकास गरेको भए हुन्थ्यो भनी टिप्पणी गरिरहेका छन् ।
‘तपाईंसँग पैसा छ भने आफ्नो अभिभावक जिउँदो हुँदा उनीहरुका लागि कार किन्नुहोस् र सभ्य कफिनमा अन्तिम संस्कार गर्नुहोस् । यो एक मूर्खता र देखावटी हो,’ एक व्यक्तिले लेखे ।
‘त्यो पैसा आवश्यकतामा परेका गाउँलेलाई दिएको भए हुन्थ्यो र कसैले सके त्यो कार पनि लिएर जाउ भन्नुपर्दथ्यो । यस्तो गर्नु अर्थहीन छ । उनको मृत्यु भइसकेको छ । गाउँलेलाई पिउनका लागि राम्रो पानी देउ, ’ अर्का व्यक्तिले थपे ।
June 18, 2018 12:48 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा