फिफाः विमानको इन्जिनमा आगो लाग्यो, बालबाल बचे साउदी फुटबल टीम
8 years अगाडी
Nepal Drishti
मस्को – फिफा विश्वकपका लागि रसिया पुगेका साउदी अरबको समूह सोमबार बालबाल बचेका छन् । बुधबार उरुग्वेविरुद्धको खेलका लागि साउदी अरबको समूहलाई सेन्ट पिटर्सबर्गबाट रोस्तोव लिएर जाँदै गएको विमानको इन्जिनमा आकाशमा नै आगो लाग्यो । यद्यपी, रसियाली एयरलाइनसको एयरबस जेटले सुरक्षित अवतरण गरेको छ ।
एयरलाइन्सले विमानको इन्जिनमा चरा फसेका कारण विमानमा खराबी आएको हुनसक्ने आशंका व्यक्त गरेको छ । यद्यपी, एयरलाइन्सले विमानमा आगो लागेको खबरलाई भने अस्विकार गरेको छ । तर सोसल मिडियामा सेयर गरिएका भिडियोमा भने विमानमा आगो लागिरहेको देख्न सकिन्छ । यूएसए टुडेले पनि विमानमा आगलागी भएको बताएको छ ।
साउदी नेशनल टिमको आधिकारिक ट्वीटर अकाउन्टका अनुसार सबै खेलाडी सुरक्षित रुपमा आफ्नो होटल पुगिसकेका छन्, आगलागी एक दुर्घटना थियो ।
June 19, 2018 10:08 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
Loading...