अब फेसबुकले परिवर्तन गर्दै छ यस्तो चिज !
सामाजिक सञ्जाल फेसबुक संसारमै सर्वाधिक प्रयोग हुनेगर्छ । यसभित्र व्यापक विकृति बढेको भन्दै चौतर्फी विरोध भइरहेका बेला यसले नीतिगत सुधारका लागि केही परिवर्तन गर्ने भएको छ । बिहीबारदेखि लागू हुनेगरी फेसबुकले केही परिवर्तन गर्न लागेको बिबिसीले जनाएको छ ।हरेक मानिस दैनिक फेसबुकमै अभ्यसस्त भएकाले के परिवर्तन हुन आट्यो भन्ने जिज्ञासा सबैमा हुन्छ । विशेषगरी हातहतियारका विषयमा पोस्ट हुने सामाग्री सम्बन्धी पुरानो नीतिमा परिवर्तन हुन लागेको समाचारमा जनाइएको छ । समाचारमा उल्लेख भए अनुसार फेसबुकले बिहीबारदेखि लागु हुने गरी बन्दुक र बन्दुकसँग जोडिएका हातहतियारका विज्ञापनमा बन्देज लगाउने तयारी गरेको छ ।
फेसबुकले विशेषत यस्ता सामाग्रीले बच्चालाई सिधै असर गर्ने भन्दै यस्तो नीति कार्यान्वयन गर्न लागेको हो । अहिले फेसबुक प्रयोग गरिरहेका जो कोहीले बन्दुकको बारेमा सबै जानकारी विज्ञापनमा देख्न सक्छन् । बिहीबारबाट भने यो सबै बन्द गरिनेछ ।आफ्नो नियमित समीक्ष बैठकले यो निर्णय गरेको फेसबुकले बताए पनि अमेरिकामा विद्यालयमा भएका हिंसामा बन्दुक प्रयोग भएको पाइएपछि फेसबुकले यो निर्णय गरेको समाचारमा जनाइएको छ । फेसबुकले आफ्नो संजालमा हतियार, गोलाबारुद, विस्फोटक र बन्दुक लगायतका हरियारको बारेमा जानकारी दिने सामाग्री पोस्ट गर्न समेत रोक लगाएको छ ।
June 19, 2018 3:28 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।