Monday 29th December 2025

कुवेतमा २०५ औं भानु जयन्ती मनाईने 

8 years अगाडी

माधब शाही –

कुवेत – कुवेतमा २०५ औं भानु जयन्ती मनाईने भएको छ । विश्व  नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा आउँदो जुलाई १३ तारिख कुवेतमा २०५ औं भानु तथा साहित्य श्रृंखला वाचन कार्यक्रम गरी मनाईने भएको हो ।

हिजो रमेस किराँती राईको अध्यक्षतामा  विश्व नेपाली साहित्य महासंघ कुवेतका सदस्य हरु बिच बसेको साइबर बैठकले उक्त कार्यक्रम गरीने निर्णय गरेको कार्यक्रम संयोजक राजेन्द्र बिरहीले बताए ।

विश्वभरका साहित्यकारहरु एकजुट होऔ नेपाली साहित्यलाई समद्ध बनाऔ भन्ने मूल उदेश्यका साथ स्थापना भयको विश्व नेपाली साहित्य महासंघ कुवेतले हरेक बर्ष विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै आएको छ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका कोखबाट जन्मिएका आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गरेका थिए ।

उनले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए । रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन्। प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीतासँगै विभिन्न फुटकर कविता कृति प्रकाशित छन् ।

आयोजकले  कुवेतमा क्रियाशील बिभिन्न  संघसंस्था समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकार साथीहरुलेउक्त दिन कार्यक्रम नजुधाई दिनहुन र कार्यक्रमलाई सफल पार्न   सहयोग गरीदिनुहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई हार्दिकअनुरोध समेत गरेको छ  ।

कार्यक्रम हुने दिन : १३ जुलाई २०१८ (सुक्रवार)

स्थान: पपिन हल जिलिब

समय: बिहान ठिक १० बजे

सम्पर्क नं: ६६२६५२२६ / ६७७४९३६१ / ५०६६११७४/५०३०७३०३

          June 19, 2018 6:31 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...