नेपाली सेनाकी श्रीमतीलाई एकतर्फी प्रेम गरि यी महिलाको यस्तो हालत बनाए यी प्रहरीले !
एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटाँैडाले धरौटीमा रिहा गरेको छ । भरतपुर महानगरपालिका वडा नं ४ त्रिचोकमा क्षेत्रमा बसोबास गर्दै आएकी एक महिलालाई उनले गत वैशाख ९ गते तेजाब छर्केका थिए ।५२ वर्षीय खनियाले लामो समयदेखि एकतर्फी प्रेम गर्दा आफ्नो कुरा स्वीकार नगरेपछि योजनाबद्ध रुपमा एक महिलालाई एसिड प्रहार गरेर घाईते बनाएको प्रहरीले प्रारम्भीक अनुसन्धनबाट पत्ता लगाएको छ । पीडित पक्षबाट जाहेरी नआएको र घटनाको विषयमा गहिरो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पीडित महिलाको श्रीमान् नेपाली सेनाको सिपाही पदमा कार्यरत छन् । डेरा गरी बस्ने श्रेष्ठ खनियाको घर नजिक डेरी गरि बस्थिन् । खनियाको श्रीमती छोरा, छोरी रहेका छन् । सामान्य चिनजानको क्रममा खनिया श्रेष्ठसँग नजिक भएका थिए । त्यस पश्चात उनले पटक–पटक फोन मार्फत पीडित श्रेष्ठलाई धम्काउँदै आएको प्रहरीले जनाएको छ ।शरीरको विभिन्न भागमा तेजाप परेर महिला बिरामी भई अस्पतालमा उपचारपछि घर फर्किएकी र उनले प्रहरी नायब निरीक्षक खनियाँ बिरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जेठ ३ गते जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गराएकी थिइन् ।
अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार जिल्ला अदालतले मुलुकी ऐन अदालती बन्दोबस्तीको ११८ को दुईबमोजिम पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो खनियाँले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै उच्च अदालत हेटौँडामा निवेदन पेश गरेकामा उक्त अदालतले रु तीन लाख धरौटीमा रिहा गरेको पौडेलले बताउनुभयो । पीडित महिला र उनका श्रीमान्ले खनियाँविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत प्रहरीमा जाहेरी दिएका थिए ।
June 20, 2018 11:06 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।