दुवईबाट फर्किइन भनिएकी मनिषा हराइन, खबर गरिदिनेलाई १० हजार
उदयपुर – श्रीमती युएई गएको ९ महिनामा फर्किएको खबर आयो वीरबहादुर तामाङलाई । उहाँलाई मनिषा आउने केही थाहै थिएन । श्रीमती फर्किएको खबर उहाँसँगै युएई गएकी वीरबहादुरकी दिदी सविनाले सुनाउनुभएको थियो । तर के कारणले ९ महिनामै फर्किनुभएको हो भन्ने चाहिँ थाहा पाउनुभएन ।
दिदीले भनेपछि वीरबहादुर र ६ वर्षकी छोरी प्रमिसा उहाँ घर आउने बाटो हेरिरहेका थिए । तर न मनिसाले काठमाडौं आइपुगें भनेर फोन गर्नुभयो न घर पुग्नुभयो । मनिसा दुवईबाट हिँडिन भनेको तीन महिना भन्दा धेरै भयो । तर उहाँ अहिलेसम्म घर पुग्नुभएको छैन ।

२०७३ साल जेष्ठ महिनाको कुरा हो । उदयपुरको रौतामाई गाउँपालिका – ७ मुर्कुचीकी मनिषा तामाङ परिवार र पाँच वर्षकी बालिकालाई छोडेर रोजगारीका दुवई जानुभयो । रोट्स मेनपावर मार्फत दुबई गएकी श्रीमतिले एड्भान्स कम्पनीमा क्लिनरको काम पाएँ भनेर वीर बहादुरलाई सुनाउनुहुन्थ्यो ।
श्रीमती मनिषा विदेश जानका लागि झण्डै १ लाख ८० हजार रुपैयाँ ऋण लागेको थियो । उता मनिषाको तलब के कति थियो थाहा भएन । सायद कमाई नभएर नै होला मनिषाले पैसा पठाउन सक्नुभएन । हुन त वीरबहादुर पनि २०६६ सालमा साउदी अरब ३ वर्ष बसेर फर्किनु भएको थियो ।
उहाँले विदेशको दुःख बुझ्नुभएको पनि थियो । त्यसैले श्रीमतीलाई किन पैसा नपठाएको भनेर पनि सोध्नुभएन । तर ऋण कसरी तिर्ने भनेर सल्लाह चाहिँ गर्नुहुन्थ्यो । साउदीमा वीरबहादुरको काम राम्रो थियो । त्यही भएर घरखर्च चलाएर पनि थोरै जग्गा किनेर घर पनि बनाउनुभयो ।
साउदीबाट घर आएको १ वर्षपछि फेरि वीरबहादुरले विदेश जान खोज्नुभयो तर मेडिकलमा फेल हुनुभयो । त्यसपछि त झनै अरु विमारीले पनि उहाँलाई च्याप्न थाल्यो । घरपरिवार व्यवस्थित बनाउने सपना बुनेर श्रीमानसँग सल्लाह गरेर मनिषाले नै विदेश जाने निर्णय गर्नुभयो । तर सपना पुरा भएन ।
मनिषासँगै आमाजु सविना तामाङ पनि एउटै कम्पनीमा जानुभएको थियो । कम्पनी एउटै भएपनि बसाई र काम टाढा टाढा थियो । मनिषाले गएको ३ महिनासम्म फोन गर्नुभयो । तीन महिनापछि फोन आउन छोड्यो ।
आफूले पनि परदेशी जीवन बिताएकाले फोन गरेर धेरै किचकिच गर्नु हुँदैन भन्ने लाग्थ्यो वीरबहादुरलाई । कहिलेकाहिँ फोन कुनै बेला लाग्थ्यो त कुनै बेला व्यस्त भन्थ्यो । ‘काममा व्यस्त भएर होला भनेर मन बुझाउँथें’ वीरबहादुर भन्नुहुन्छ ।
तर ९ महिनासम्म श्रीमतीको फोन आएन । गएको फागुुन १६ गते मनिषा नेपाल आएको खबर आयो । एक्कासी नेपाल आएको कुरा सुन्दा वीरबहादुर छक्क पर्नुभयो । नेपाल आएपछि श्रीमती घर आउँछिन् भन्ने आशामा बस्नुभयो । तर आजसम्म मनिषा पुग्नुभएको छैन ।
घर नआएपछि वीरबहादुरलाई मनिषा नेपाल आएको हो कि होइन भन्ने नै शंका लाग्यो । त्यसैले दुवईमा श्रीमतीले काम गर्ने ठाउँमै फोन गरेर पनि सोध्नुभयो । कम्पनीले पनि मनिषा नेपाल गइसकेको भनेपछि आएको त पक्का भयो तर आएर पनि बेपत्ता हुनुको कारण चाहिँ अहिलेसम्म पत्तो पाउन सक्नुभएको छैन ।
नेपाल आएपछि पनि श्रीमती किन घर आइनन् भनेर वीर बहादुरलाई भने दिनरात पिरोलिरहेको छ । साहुको ऋणको पीर त छँदैछ । ऋण भन्दा पनि वीरबहादुरलाई श्रीमती कुन अवस्थामा छिन् भन्ने कुराले सताइरहेको छ ।
छोरी निदाउँछिन वीरबहादुरलाई निद्रा पर्दैन
पाँच वर्षकै हुँदा छोडेर गएकी छोरीले सुरु सुरुमा आमा सोध्थिन । ममि कहाँ जानुभयो रु भनेर झगडा पनि गर्थिन । उहाँ फकाएर सुताउनुहुन्छ । छोरीलाई त जेनतेन सुताउनुहुन्छ तर आफूलाई भने उहाँलाई निद्रा पर्दैन ।
आफ्नो याद नआएपनि छोरीलाई चाहिँ कसरी बिर्सिन सकेको होला भनेर वीरबहादुर सोचिरहनुहुन्छ । ‘भेटेपछि मलाई नसम्झिएपनि छोरीलाई चाहिँ कसरी बिर्सियौं भनेर सोध्छु’ श्रीमती घर आउँछिन भन्ने आशा वीरबहादुरको मनबाट हराएको छैन ।
खबर दिनेलाई १० हजार
दुवईबाट हिँडेकी श्रीमती काठमाडौं आएर आफन्तकोमा पो बसिनकी भनेर वीरबहादुरले सबैसँग सोध्नुभयो । तर कतैबाट आशा गरेको जस्तो उत्तर आएन । त्यसैले यदी कसैले देखेको भए खबर गरिदिने व्यक्तिलाई १० हजार रुपैयाँ दिने वीरबहादुरले बताउनुभएको छ ।
उहाँले मनिषाका बारेमा ९८१९९४२०३० मा फोन गरेर जानकारी गराइदिन आग्रह गर्नुभएको छ । उज्यालो
June 21, 2018 7:39 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :