गर्मीमा फ्रिजको भन्दा माटोको भाँडोको पानी ठीक !
हाम्रो जीवनमा पानीको धेरै महत्त्व छ । दिनमा एकचोटि नखाइकन पनि काम चलाउन सकिन्छ तर पानी नपिउँदा त छटपटिने स्थिति आउँछ । आजकल धेरैजसो घरमा पानी सफा गर्नका लागि फिल्टर प्रयोग गरिन्छ । अनि गर्मीमा पानीलाई चिसो राख्नका लागि फ्रीज प्रयोग हुन्छ । तर फ्रीजको पानी पिउँदा जोर्नीको समस्या हुन्छ र अत्यधिक चिसो पानी पिउँदा घाँटी दुख्छ ।
यस्तो अवस्थामा माटोको भाँडो उपयुक्त विकल्प हुन्छ । भाँडोमा राखेको पानी चिसो पनि बस्छ अनि यसलाई फिल्टर पनि गरिरहनुपर्दैन । यस अतिरिक्त भाँडोको पानी पिउँदा स्वास्थ्यलाई पनि फाइदा पुग्छ ।फ्रीजमा पानी चिसो बनाउनका लागि प्लास्टिकका बोतल राखिन्छन् जसका कारण प्लास्टिकका अशुद्धिहरू पानीमा जम्मा हुन पुग्छन् । यसले धेरैथरी रोग जन्माउँछ । यसको साटो माटोको भाँडोमा पानी राख्ने गर्नुस् ।
माटोमा रोगसँग लड्ने धेरैथरी क्षमताहरू हुन्छन् । त्यसैले त पहिले मानिसहरू माटोको भाँडोमा पानी राख्ने । त्यतिखेर के को फिल्टर नि ? कोही मानिसको खाना खानेबित्तिकै पानी पिइदिने बानी हुन्छ । गर्मीमा फ्रीजको चिसो पानी पिउँदा पाचनशक्ति खराब हुन्छ । त्यसैले घडामा राखेको पानी पिउनुस् ।दिउँसो बाहिर घाममा हिँड्नुपर्दा मानिसलाई चिसो पिउन मन लाग्छ र उसले फ्रीजको पानी गट्काउँछ । तातो शरीरमा अत्यन्त चिसो पानी पिउँदा गलामा समस्या आइलाग्छ । माटोको भाँडोमा राखेको पानी पिउँदा यो समस्या हुँदैन ।
June 22, 2018 10:03 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण